मुख्यमन्त्रीसहित निर्वाचन कार्यालय पुगेर कांग्रेस नेतृ डीना उपाध्यायद्वारा उम्मेदवारी दर्ता
हेटौँडा । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डीना)ले मकवानपुर निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएकी छिन् ।
मंगलबार नेपाली कांग्रेस बागमतीका सभापति समेत रहेका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँसहितका मकवानपुरका नेता तथा कार्यकर्ताहरूसहित निर्वाचन कार्यालय पुगेर नेतृ उपाध्यायले मनोनयन दर्ता गराएकी हुन् ।
मनोनयन दर्ता गरेपछि सहमहामन्त्री उपाध्यायले भनेकी छिन्, ‘आदरणीय मतदाता ज्यूहरू । यहि फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा मैले मकवानपुर क्षेत्र नं १ बाट मनोनयन दर्ता गराएको छु । तपाईहरूको अमूल्य मत साथ सहयोगको पूर्ण अपेक्षा गर्दछु ।’
Published : Tuesday, 2026 January 20, 8:53 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया