भारतद्वारा नेपाललाई उपहार स्वरुप ६० वटा गाडी र अन्य सामग्रीहरू हस्तान्तरण
काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई निर्वाचन सम्बन्धी सहयोगको पहिलो खेप अन्तर्गत सवारी साधनहरू सहयोग हस्तान्तरण गरेको छ ।
मंगलबार सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा भारतबाट प्राप्त सवारी साधनहरू गृहमन्त्री ओमप्रकाश अर्याललाई हस्तान्तरण गरिएको छ ।
भारतीय राजदूतावास, काठमाडौंका कार्यवाहक राजदूत डा.राकेश पाण्डेले आगामी चुनावको तयारीका लागि नेपाल सरकारले खोजेको सहयोगको एक हिस्साका रुपमा ६० भन्दा बढी डबल–क्याब पिकअप सवारी साधन र अन्य सामग्रीहरू हस्तान्तरण गरेका छन् ।
गृहमन्त्री अर्यालले उपहारस्वरुप प्राप्त सवारी साधन तथा सामग्रीका लागि भारत सरकार र भारतीय जनताप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले भारत र नेपालबीचको गहिरो र व्यापक सम्बन्धको पनि सराहना गरेका छन् ।
नेपाल सरकारको अनुरोधमा भारतले सन् २००८ देखि नेपाललाई निर्वाचन सम्बन्धी सहयोग उपलब्ध गराउँदै आएको छ । यस अन्तर्गत भारत सरकारले निर्वाचन आयोग लगायत नेपालका विभिन्न मन्त्रालयहरू र विभागहरूका लागि उपहारस्वरुप लगभग २,४०० सवारी साधनहरू उपलब्ध गराइसकेको छ ।
आगामी निर्वाचनका लागि भारतले उपलब्ध गराउने सहयोगमा करिब ६५० सवारी साधनहरु रहेका छन् । ती सवारी साधनहरू आगामी केही हप्ताहरुमा विभिन्न ब्याचहरूमा उपलब्ध गराइनेछन् ।
भारतीय पक्षबाट भइरहेको यो सहयोग र समर्थन दुई देशबीच रहिआएको बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारीको उपयुक्त प्रतिबिम्ब मात्र नभई भारत र नेपालका जनताबीचको गहिरो आपसी विश्वास र मित्रताको प्रतीक रहेको नेपालका लागि भारतीय राजदूतावासले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया