रुख चिन्ह लिएर आउने उम्मेदवारको मनोनयन भव्य बनाउन तरुण अध्यक्षको अपील

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सहमति, सहकार्य र एकताको लागि हार्दिक अपील गर्दै रुख चिन्ह लिएर आउने उम्मेदवारको मनोनयन कार्यक्रमलाई उत्सवमय बनाउन आग्रह गरेका छन् ।

मंगलबार प्रेस विज्ञप्ति जारी गरेर अध्यक्ष गुरुङले भने, ‘वर्तमान अवस्थामा नेपाली कांग्रेसले आन्तरिक लोकतन्त्रलाई बलियो बनाएर संकटको श्रृंखलाको अन्त्य गर्नुपर्ने आवश्यकता छ ।’

‘सहमति, सहकार्य र एकताको मूल मर्मलाई आत्मसात् गरी अधि बढ्नुको विकल्प छैन,’ अध्यक्ष गुरुङले भने ।

‘हिजोका दिनमा राष्ट्रले विभिन्न समयमा भोग्रुपरेका संकटहरूबाट पार लगाउन पार्टीभित्रको सामूहिक एकताले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको उदाहरणीय संस्कार हामीमा विद्यमान छ,’ उनले भने ।

‘नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल तरुण दलले सहमति, सहकार्य र एकताको बिगुल फुक्दै देशमा लोकतान्त्रिक मूल्य र आदर्शहरूलाई उजागर गर्दै आइरहेको छ,’ उनले भने ।

‘सम्पूर्ण तरुणहरू विचलित नभई जिम्मेवारीका साथ सत्य, न्याय, शान्ति र प्रेमको मार्गवाट सबैमा सद्भाव र एकता कायम गर्दी आगामी दिनका चुनौतीहरू सामना गर्नुपर्ने आजको आवश्यकता हो,’ गुरुङले भने ।

‘नेपाल तरुण दल नेपालमा सामाजिक कुरीति, विकृत र कुसंस्कारहरूविरुद्ध संघर्ष गर्दै स्वतन्त्र, समुन्नत, भयमुक्त र समतामूलक समाज निर्माण गर्ने उद्देश्यमा दृढ़ छ,’ तरुण अध्यक्ष गुरुङले भने ।

‘अहिलेको वर्तमान परिस्थितिमा नेपाल तरुण दल राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकताप्रति कटिबद्ध रहँदै आज मिति २०८२ साल माघ ६ गते आगामी फगुन २१ गते हुने आम निर्वाचनका लागि नेपाली कांग्रेसको रुख चिन्ह लिएर पार्टीद्वारा आयोजना हुने उम्मेदवार मनोनयन कार्यक्रममा सक्रिय सहभागिताका लागि नेपाल तरुण दलका केन्द्रीय सदस्य, जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, नगर÷गाउँ कार्यसमिति तथा वड़ा कार्यसमिति लगायत सम्पूर्ण तरूण साथीहरूलाई उत्साहजनक
उपस्थितिका लागि निर्देशन गर्दछु,’ अध्यक्ष गुरुङले भने ।

Published : Tuesday, 2026 January 20, 11:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया