‘रुख’ चिन्ह लिएर आउने पार्टीका उम्मेदवारलाई विजयी बनाउनु होला : कार्यबाहक सभापति खड्का
काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले चुनाव चिन्ह ‘रुख’ जो साथी लिएर आउनु हुन्छ उसैलाई मतदान गरेर विजयी बनाउन अपील गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत कार्यबाहक सभापति खड्काले भने, ‘पार्टीको जो साथी उम्मेदवारको रुपमा ‘रुख’ चुनाव चिन्ह लिएर तपाईहरूको बीचमा आउनु हुन्छ पार्टीको स्वही उम्मेदवारलाई पार्टी पंक्तिका सबै साथीहरू एकताबद्व भई निर्वाचन अभियानमा लाग्न र अत्याधिक मतले विजयी गराउनु हुन मेरा परम आदरणीय मतदाता दिदीबहिनी तथा दाजुभाईहरूमा हार्दिक अनुरोध र अपील गर्दछु ।’
खड्काले नेपाली कांग्रेसको आधिकारिकताको विषयमा सर्वोच्च अदालतमा रिट लिएर गएको अवस्थामा अर्को पक्षको हस्ताक्षर रहेको टिकट लिएर चुनावमा जान आफूलाई मूल्य, मान्यता र राजनीतिक अडानले नदिने बताएका छन् ।
उनले भने, ‘२०८२ माघ २ गते नेपाली कांग्रेस पार्टीको सम्बन्धमा निर्वाचन आयोगले गरेको संविधान, राजनीतिक दल सम्बन्धी ऐन र नेपाली कांग्रेसको विधानको विपरीत गरेको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा न्यायका लागि २०८२ माघ ४ गते म स्वयं समेतले मुद्दा दर्ता गरेको र अवैधानिक विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने मेरो दाबी समेत भएकोले निजहरूको निर्णय र हस्ताक्षरबाट जारी गरिने टिकटबाट उम्मेदवार हुनु मेरो जीवन भरिको राजनीतिक मूल्य मान्यता र नैतिकताको अडानको प्रतिकूल हुने हुँदा पार्टीका साथीहरू र आम मतदाताको माया, भरोसा र विश्वास मप्रति हुँदाहुँदै पनि यसपटक प्रतिनिधि सभाको निर्वाचनमा उमेदवार नउठ्ने निर्णय गरेको छु ।’
‘यो निर्णयले पार्टीका साथीहरू र आम मतदाताहरूको भावनमा हुने प्रतिकुलता र लाग्ने चोटप्रति म सबैसंग क्षमा माग्न चाहान्छु,’ कार्यबाहक सभापति खड्काले भने ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया