कांग्रेस सभापति देउवा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
मंगलबार बिहान सभापति देउवाको निजी सचिवालयले प्रेस नोट जारी गरेर प्रतिनिधि सभा सदस्य निर्वाचनमा सभापति देउवा उम्मेदवार नबन्ने जनाएको हो ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु ।’
नेपाली कांग्रेस पार्टीको आधिकारिकताको विवादको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला देउवाले निर्वाचनमा उम्मेदवार बन्न अनिच्छा गरेका हुन् । आज मंगलबार सर्वोच्च अदालतमा कांग्रेसका आधिकारिकताको विषयमा पेसी र सुनुवाई हुन लागेको छ ।
Published : Tuesday, 2026 January 20, 6:53 am
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया