कांग्रेस सभापति देउवा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
मंगलबार बिहान सभापति देउवाको निजी सचिवालयले प्रेस नोट जारी गरेर प्रतिनिधि सभा सदस्य निर्वाचनमा सभापति देउवा उम्मेदवार नबन्ने जनाएको हो ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु ।’
नेपाली कांग्रेस पार्टीको आधिकारिकताको विवादको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला देउवाले निर्वाचनमा उम्मेदवार बन्न अनिच्छा गरेका हुन् । आज मंगलबार सर्वोच्च अदालतमा कांग्रेसका आधिकारिकताको विषयमा पेसी र सुनुवाई हुन लागेको छ ।
Published : Tuesday, 2026 January 20, 6:53 am
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया