सम्राट सिमेन्ट उद्योगमा दुर्घटना, एक जनाको मृत्यु, अर्का व्यक्ति घाइते
लमही । दाङको देउखुरीस्थित सम्राट सिमेन्ट उद्योगमा कार्यरत मजदुरको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।
सोमबार लमही नगरपालिका वडा नं. ७ मा रहेको सिमेन्ट उद्योगमा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर ३६ वर्षीय अरविन्द चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरी लमही नगरपालिका वडा नं. ७ कमानपुर निवासी हुन् ।
लमही नगरपालिका वडा नं. ७ हसनापुर निवासी शंकर चौधरी घाइते भएका छन् । शंकर चौधरीको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको दाङ प्रहरीले जनाएको छ ।
उद्योगको पावर प्लान्टका काम हुँदै थियो । ठूलो खाडल खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई जना पुरिएका थिए ।
सम्राट सिमेन्ट उद्योग नेपाली कांग्रेसका पूर्वसांसद एवम् केन्द्रीय सदस्य विनोद चौधरीको लगानी रहेको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया