पार्टीभित्रको विवाद मिल्न सकेन भने कांग्रेस तेस्रो वा चौथो दल बन्ने पक्का

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई मिलाएर सहमतिका आधारमा १६५ उम्मेदवारहरूलाई टिकट दिएर निर्वाचन क्षेत्रमा पठाउने तयारी भएको छ ।

निर्वाचन आयोगले मंगलबार देशभरि उम्मेदवारी मनोनयनको कार्यक्रम राखेको छ । उम्मेदवारहरूको टुंगो लगाउन कांग्रेसका नेताहरूले निरन्तर सम्वाद गरिरहेका छन् ।

कांग्रेस एक बनेर निर्वाचनमा जानुपर्ने भनेर कार्यकर्ताहरूले दवाव दिइरहेका छन् । कांग्रेस विभाजित बनेर जाँदा अन्य राजनीतिक दलहरूलाई फाइदा हुनेछ ।

कांग्रेस मिलेर जान सकेन भने तेस्रो वा चौथो स्थानमा खुम्चिने पक्का रहेको कार्यकर्ताहरूले बताएका छन् । पूर्वमहामन्त्री गगन थापालाई निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता प्रदान गरेपछि सर्वोच्च अदालतमा कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरू रिट लिएर पुगेका छन् ।

सर्वोच्च अदालतमा मंगलबार नेपाली कांग्रेसको विवादसम्बन्धी रिटमा पेशी र सुनुवाई हुनेछ । पार्टीभित्रको आन्तरिक विवाद मिल्न सकेनन् भने देशभरि स्वतन्त्र उम्मेदवार उठाउने तयारी समेत छ ।

Published : Monday, 2026 January 19, 2:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया