कांग्रेसद्वारा सोनाम ल्होसार पर्वको अवसरमा शुभकामना प्रदान
काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले सोनाम ल्होसार पर्वको अवसरमा तामाङ समुदायलाई शुभकामना दिएका छन् ।
सोमबार शुभकामना सन्देश जारी गरेर खड्काले भने, ‘तामाङ जातिको अत्यन्त महत्वपूर्ण तथा ऐतिहासिक पर्व सोनाम ल्होसार अर्थात् नयाँ वर्षको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, सुख–शान्ति, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।’
‘विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक सांस्कृतिक र ऐतिहासिक रितिरिवाज तथा परम्पराहरु रहेका छन्,’ उनले भने, ‘तीमध्ये सोनाम ल्होसारले तामाङ समुदायको सामाजिक जीवनमा गहिरो छाप छोड्दै विशिष्ट पहिचान स्थापित गरेको छ ।’
कार्यबाहक सभापति खड्काले भने, ‘प्रकृतिप्रेमीका रुपमा परिचित तामाङ समुदायले यस पर्वको अवसरमा कुलुपूजा तथा प्रकृतिको आराधना गर्दै आपसी सद्भाव, संहिष्णुता र भाइचाराको सन्देश प्रवाह गर्दै आएका छन् ।’
‘सोनाम ल्होसारको अवसरमा अन्य समुदाय तथा सबै धर्मका व्यक्तिहरूलाई खुला हृदयले स्वागत गर्ने तामाङ समुदायको परम्पराले हाम्रो समाजमा आपसी सम्मान र सामाजिक एकता मजबुत बनाएको छ,’ उनले भने ।
‘देशका विभिन्न भागहरूमा उत्साहपूर्वक मनाइने यस पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावलाई थप सुदृढ बनाएको छ,’ कार्यबाहक सभापति खड्काले भने ।
‘यो पावन पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु र यस शुभ अवसरमा पुनः सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ कार्यबाहक सभापति खड्काले भने ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया