डडेल्धुरामा कांग्रेसद्वारा निर्वाचन आयोगविरुद्ध प्रदर्शन
डडेल्धुरा । नेपाली कांग्रेस निकट विभिन्न भ्रातृ संस्थाहरूले डडेल्धुरास्थित जिल्ला निर्वाचन कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
निर्वाचन आयोगले पूर्वमहामन्त्री गगन थापालाई आधिकारिकता प्रदान गरेको विरोधमा आइतबार डडेल्धुरामा कांग्रेसका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।
उनीहरूले आयोगको निर्णय षड्यन्त्रपूर्ण र गलत भएको दाबी गर्दै नाराबाजी गरेका छन् । विरोध दल वा व्यक्तिविरुद्ध नभई आयोगका गलत निर्णयविरुद्ध केन्द्रित रहेको उनीहरूले बताएका छन् ।
प्रदर्शनका क्रममा विभिन्न संगठनका प्रतिनिधिले पार्टीप्रतिको निष्ठा र माया कायम रहेको उल्लेख गरेका थिए ।
आयोगको गलत निर्णयविरुद्ध उभिएको उनीहरूको भनाइ छ । निर्वाचन प्रक्रियामा निष्पक्षता, पारदर्शिता र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न निर्वाचन आयोग समक्ष रहोस् भन्ने पनि उनीहरूले माग थियो । माग सम्बोधन नभए आन्दोलन अझ सशक्त बनाउने उनीहरूले चेतावनी दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया