कथित् हेबीवेटहरूभन्दा देशका लागि हजारौं गुना कम हानिकारक छन् चक्रे मिलन

काठमाडौं । एमालेले गोरखा क्षेत्र नं. २ बाट मिलन गुरुङ (चक्रे मिलन)लाई प्रतिनिधि सभातर्फको टिकट दिएको छ ।

चक्रे मिलनलाई मिडियाले डन, गुण्डा, अपराधी सबै बनाएको छ । एमालेले टिकट दिनेवित्तिकै चक्रे मिलनविरुद्ध बिगतका मुद्दा, मामिला लगायतका विषयलाई जोडेर समाचार लेखिरहेका छन् । चक्रे मिलनले ती विषयमा खासै चासो देखाएका छैनन् । आफ्नो काममा मात्रै ध्यान केन्द्रित गरेका छन् ।

चक्रे मिलनको बिगतको व्यक्तित्व राम्रो वा नराम्रो जे भए पनि उनले न्यायालय र न्यायिक निकायबाट सफाइ पाइसकेका छन् । आफ्नो बिगतलाई उनले भुल्न चाहन्छन् । तर, केही मिडिया र व्यक्तिहरूले चक्रे मिलनलाई सुध्रिन दिनै चाहेको छैन ।

काठमाडौंमा प्रहरीको हाकिम फेरिएर आउनेवित्तिकै हिरो बन्न चक्रे मिलन जस्ता व्यक्तिहरूलाई पक्राउ गरेर थुन्ने । अनि मिडियाबाजी गरेर के के नै काम गरेको जस्तो देखाउने परम्पराले पनि चक्रे मिलनको व्यक्तित्वमा क्षति पुगेको छ ।

गोरखा जिल्लाको सिरानचोक गाउँपालिका वडा नं. ५ छोप्राक घर भएका चक्रे मिलन काठमाडौंको चक्रपथतिर बसोबास गर्दै आएका छन् । चक्रे मिलनले आफ्नो व्यक्तित्वलाई समाजसेवीका रुपमा स्थापित गरिसकेका छन् ।

एमालेले गोरखा २ बाट टिकट दिएपछि चक्रे मिलनविरुद्ध एमालेकै केही नेताहरू विरोध र मिडियाबाजीमा लागेका हुन् । तर, उनीहरूको बिरोधले चक्रे मिलनलाई चुनावमा धेरै असर पर्ने देखिदैन ।

गोरखा २ का जनताका लागि चक्रे मिलनले समाजसेवीको व्यक्तित्व बनाएका छन् । दुःख, कष्ट र समस्याहरू पर्दा आफ्नो क्षेत्रका जनताका लागि चक्रे मिलनले सहयोग गर्दै आएका छन् ।

चक्रे मिलन धर्मप्रति पनि उत्तिकै आस्था राख्छन् । मदिन्दर, गुम्बा लगायतका पवित्रस्थानहरूको बेलाबेला दर्शन गर्दै आएका चक्रे मिलन नास्तिक होइनन् ।

चक्रे मिलनले टिकट पाएपछि सबैभन्दा धेरै तनाब प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कम्युनिस्ट पार्टीका नेता लेखनाथ न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीलाई तनाब भएको छ ।

एमालेको राजनीतिमा २०५० सालदेखि नै सक्रिय रहेका चक्रे मिलनलाई गुण्डा, डन, अपराधी लगायत के के हुन् सबै कुरामा मुछेर समाचार आइरहेका छन् । तर, कथित जनयुद्धको नाममा १६ हजार नेपाली जनताको ज्यान लिएका बाबुराम भट्टराई र लेखनाथ न्यौपानेलाई भने स्वच्छ छविका रुपमा प्रस्तुत गरिएका छन् ।

सहकारी ठगी, संगठित अपराध, नागरिकता, राहदानी लगायतका काण्डैकाण्ड लागेका रास्वपाका सभापति रवि लामिछानेले टिकट दिएर पठाएका कविन्द्र बुर्लाकोटीका विषयमा एकशब्द आएका छैनन् । बुर्लाकोटीका पनि विवादहरू मिडियामा प्रसस्त आएका छन् ।

चक्रे मिलन सुध्रिन चाहन्छन् । सुध्रिएका छन् । तर, उनलाई मिडिया र एउटा समूहले सुध्रिनै दिन चाहँदैन । बाबुराम भट्टराई, लेखनाथ न्यौपाने, कविन्द्र बुर्लाकोटीभन्दा देश र जनताका लागि चक्रे मिलन हजारौं गुना कम हानिकारक छन् । चक्रे मिलनेले केही नेताहरूले जस्तो देश र राष्ट्रियताप्रति गद्दारी गर्दैनन् । कुनै विदेशको दलाल बन्ने छैनन् । सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत जलाउने छैनन् ।

बिगतमा पुष्पकमल दाहाल (प्रचण्ड), नारायणकाजी श्रेष्ठ लगायतले जितेर अवसर पाएको गोरखा २ लाई उनीहरूबाट जति काम हुनुपर्ने थियो भएको छैन । मतदाताले जिताएर पठाए भने अब गोखरा २ को विकास र जनताको सेवा चक्रे मिलनको हातमा लेखिएको हुन सक्छ । चक्रे मिलनले गोरखा २ बाट फागुन २१ मा निर्वाचन जिते भने आश्चर्यमा नपरे हुन्छ ।

Published : Sunday, 2026 January 18, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया