अदालतबाट जे निर्णय आउँछ, त्यसलाई स्वीकार गर्दै पार्टी चुनावमा जाने हो : डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नो पक्षका नेताहरूलाई भेला गरेर पार्टीको आगामी राजनीतिक र संगठनात्मक दिशाबारे आधिकारिक धारणा सार्वजनिक गरेका छन् ।
डा.कोइरालाले पूर्वमन्त्री, पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद, पार्टीका प्रतिनिधि, जिल्ला सभापति तथा पूर्व जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्थाका नेताहरूको उपस्थितिमा तीनवटा मुख्य विषय स्पष्ट पारेका हुन् । आइतबार काठमाडौंमा आयोजित भेलामा डा.कोइरालाले अदालतको निर्णयअनुसार अगाडि बढ्ने बताए ।
पहिलो, उनले प्रस्तावित विशेष महाधिवेशन विधानसम्मत र कानुनसम्मत नभएको बताउँदै त्यसको विरुद्धमा कानूनी प्रक्रिया अघि बढाइसकेको जानकारी दिए । निर्वाचन आयोगले गरेको निर्णयको विरोधमा अदालतमा मुद्दा दर्ता भइसकेको र यो विषय अहिले सर्वोच्च अदालतको विचाराधीन रहेको पनि उनले उल्लेख गरे ।
दोस्रो, सर्वोच्च अदालतबाट जे निर्णय आउँछ, त्यसलाई स्वीकार गर्दै पार्टी चुनावमा जाने स्पष्ट धारणा व्यक्त गरे । अदालतको निर्णयपछि नेपाली कांग्रेसलाई जिताउन सबै नेता–कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने उनले बताए ।
तेस्रो, आगामी वैशाख महिनाबाट सुरु हुने पन्ध्रौँ महाधिवेशनलाई पार्टीभित्रको निर्णायक अवसरका रूपमा लिनुपर्ने भन्दै त्यसलाई सफल बनाउन सबै पक्ष एकढिक्क भएर उभिन निर्देशन दिए ।
डा.कोइरालाले पार्टीभित्र आन्तरिक एकता र कानूनी प्रक्रियाप्रतिको सम्मानलाई नै नेपाली कांग्रेसको भविष्य सुरक्षित गर्ने मुख्य आधार भएको उल्लेख गर्दै नेता–कार्यकर्तालाई जिम्मेवार र संयमित भूमिकामा रहन आग्रह गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया