कांग्रेस विभाजन भएर अस्तव्यस्त बनेपछि एमालेमा प्रवेश गरे नेता कनौडिया

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद एमालेमा प्रवेश गरेका छन् ।

शनिबार दिउँसो काठमाडौंमा एमाले अध्यक्ष केपी ओलीबाट सदस्यता ग्रहण गर्दै नेता कनौडिया औपचारिक रूपमा एमालेमा समाहित भएका हुन् ।

नेपाली कांग्रेस कपिलवस्तुले क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा निर्वाचनमा एकल सिफारिस गरेको थियो । कांग्रेस विभाजन भएर बेहालको अवस्था देखेपछि नेता कनौडियाले कांग्रेस छाडेर एमालेमा प्रवेश गरि प्रतिनिधि सभामा उम्मेदवार बन्न लागेका छन् ।

कांग्रेसबाट दुईपटक प्रतिनिधिसभा सदस्य र एकपटक लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित कनौडिया गत निर्वाचनमा भने पराजित भएका थिए । नेता कनौडियाले आफू एमालेमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् ।

Published : Saturday, 2026 January 17, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया