निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतबाटै न्याय खोज्छौं : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले निर्वाचन आयोगको विधि, ऐन, कानून विपरीत आएको निर्णय अस्वीकार गर्ने जनाएका छन् ।

शनिबार बिहान काठमाडौंमा आफूनिकटका नेताहरूसँगको छलफलमा डा.कोइरालाले निर्वाचन आयोगको ऐन, कानून, विधि र पद्धतिविरुद्धको निर्णयमा आफूहरू विपक्षमा उभिएको बताए । डा.कोइरालाले निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतबाटै न्याय खोज्ने धारणा राखेको एक नेताले बताएका छन् ।

सभापति शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले अर्कै पक्षलाई दिएपछि कांग्रेसले सर्वोच्च अदालतमा न्यायका लागि जाने निर्णय गरेको छ ।

आफूनिकटका नेताहरूसँग छलफल परेपछि डा.कोइराला केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।

कांग्रेसले निर्वाचन आयोगको निर्णयविरुद्ध संवैधानिक, राजनीतिक र कानूनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।

Published : Saturday, 2026 January 17, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया