बुढा, पुराना नेताहरू भनेर हिँडेका गगनलाई अहिले उनीहरूको साथ चाहियो, भावुक हुँदै गरे अपील
काठमाडौं । निर्वाचन आयोगको एकलौटी निर्णयबाट नेपाली कांग्रेसको सभापति बनेका गगन थापाले सभापति शेरबहादुर देउवाको साथ, सहयोग र अभिभावकीय भूमिका खोजेका छन् ।
शनिबार नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै थापाले भने, ‘आदरणीय श्रद्धेय शेरबहादुर देउवालाई पनि आग्रह गर्न चाहन्छु । उहाँबाट पनि ठूलो अभिभावकको भूमिका अपेक्षा गरेको छु । संरक्षकको भूमिकाको अपेक्षा गरेको छु ।’
‘उहाँ (शेरबहादुर देउवा)ले पनि आह्वान गरिदिनुपर्छ । देशभरिका साथीहरूलाई भनिदिनुपर्छ । रोकौं सक्कियो अब । एउटा चरणसम्म हाम्रा असहमतिहरू रहेछ । यो चरणमा उहाँ कार्यकारी भूमिकामा पनि हुनुहुन्न थियो । त्यसका कारण सिक्कयो अब,’ थापाले भने ।
‘अब एक ठाउँमा आउनुपर्छ भन्ने कुरा उहाँ भूमिका रहन्छ । म पार्टीका नेता डा.शेखर कोइरालाप्रति पनि त्यही भूमिकाको अपक्षा गर्दछु । आदरणीय पूर्णबहादुर खड्कासँग पनि अपेक्षा गर्छु । मलाई के विश्वास छभने हामी एक÷दुई दिनभित्रमा तपाईहरू सबै नेपाली कांग्रेस पार्टीका साथीहरूलाई एकठाउँमा उभिएर, एकढिक्का भएर छलफल गरिरहेको र सम्वाद गरिरहेको निर्णय गरिरहेको देख्नु पाउनु हुनेछ,’ थापाले भने ।
थापाले भने, ‘नयाँ युगको, नयाँ चेतनाअनुसारको त्यो भावनालाई समेट्न सकिने पार्टी बनाउन चाहन्छु । त्यस्तो पार्टी बनाउनका निम्तिका लागि हामीलाई पुराना नेताहरूसँग सँगसँगै हिँड्नुपर्नेछ । धेरै नयाँ साथीहरूलाई पनि समेट्नु पर्नेछ ।’
‘हामीले पार्टीको साथीहरूसँग विभिन्न तहमा सबै साथीहरूले कुराकानी गरिरहनु भएको छ । आज बिहान पार्टीका धेरै नेताहरूसँग कुराकानी, छलफल गर्दै बिहानको समय त्यसैमा व्यतित भयो । हामी कुराकानी गरिरहेका छौँ । मलाई विश्वास छ । १÷२ भित्रमा विषयहरू टुंग्याउँछौँ र एकठाउँमा आएर एकढिक्का भएर पार्टीलाई अगाडि बढाउन सँगै बस्ने छौँ,’ थापाले भने ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया