गगन समर्थक काभ्रेली गुण्डाहरूद्वारा कांग्रेस सह–महामन्त्री राठौरलाई दुर्व्यवहार
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरलाई गगन थापाका समर्थकहरूले दुर्व्यवहार गरेका छन् ।
शुक्रबार राति काठमाडौंको कान्तिपथस्थित निर्वाचन कार्यालयको मूल गेट नजिकै आफ्नो गन्तव्यतर्फ जाने क्रममा सहमहामन्त्री राठौरलाई गगन समर्थक काभ्रेली गुण्डाहरूले दुर्व्यवहार गरेका हुन् ।
दुर्व्यवहार गर्ने समूहका गुण्डाहरूले गगन थापाको पक्षमा नारावाजी गर्दै निर्वाचन आयोगले गरेको निर्णयलाई आत्मसाथ गर्नुपर्ने भन्दै सहमहामन्त्री राठौरलाई दुर्व्यवहार गरेका हुन् ।
प्रहरीको उच्च निगरानीमा रहेका गुण्डा नाइकेका दावा लामा पनि ती युवाहरूले राठौरलाई दुर्व्यवहार गरेको स्थलमा देखिएका छन् । सहमहामन्त्री राठौरलाई दुर्व्यवहार गर्ने काभ्रेली गुण्डाहरूलाई दावाले सम्झाएर लगेको भिडियोमा देखिएको छ ।
निर्वाचन आयोगले गगन समूहको पक्षमा निर्णय सुनाएपछि निकै उत्तेजित बनेका ती गुण्डाहरूले सहमहामन्त्री राठौरलाई निकै अपमानित हुने शब्दावली बोलेका छन् । त्यसपछि राठौरले उनीहरूलाई कांग्रेस भएर अनुशासित हुन भनेका छन् ।
निर्वाचन आयोगको निर्णयपछि निकै अहँकारी र अराजक बनेका ती समर्थकहरूले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू विरुद्ध निरन्तर अभिव्यक्तिहरू दिइरहेका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया