कांग्रेस ‘हाइज्याक’ भएपछि कार्यबाहक सभापति खड्काद्वारा कार्यसमिति बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका छन् ।

शनिबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, सात प्रदेशका सभापतिहरूलाई बोलाइएको छ ।

निर्वाचन आयोगले नेपाली कांग्रेस हाइज्याक गर्ने गगन थापा समूहको पक्षमा निर्णय गरेपछि सो विषयमा छलफल गर्न कार्यबाहक सभापति खड्काले बैठक बोलाएका हुन् ।

Published : Friday, 2026 January 16, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया