कञ्चनपुर– २ का २३ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कीर्ते, बदर गर्न माग
काठमाडौं । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २ कञ्चनपुरले २३ जना महाधिवेशन प्रतिनिधिको नाममा कथित विशेष महाधिवेशनमा कीर्ते हस्ताक्षर भएको देखिएको भन्दै हस्ताक्षर बदरको माग गरेको छ ।
शुक्रबार क्षेत्रीय सभापतिले प्रेस विज्ञप्ति जारी गरेर कञ्चनपुर क्षेत्र नं. २ बाट विशेष महाधिवेशनमा २३ जना महाधिवेशन प्रतिनिधिहरू सहभागी नभएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौंमा विशेष महाधिवेशन भनिएको भेलामा यस क्षेत्रका तपशिल बमोजिमका महाधिवेशन र क्षेत्रीय सभापतिसहितको कीर्ते हस्ताक्षर गरिएको सुन्नमा आएकोले उक्त कीर्ते हस्ताक्षर बदर गरि कीर्ते हस्ताक्षर गर्ने उपर कानूनी कारबाहीका लागि जोडदार माग गर्दछु ।’
कञ्चनपुर क्षेत्र नं. २ मा २६ जना महाधिवेशन प्रतिनिधिमध्ये २३ जना भृकुटीमण्डपको भेलामा सहभागी नभएको सभापतिले जनाएका छन् । भृकुटीमण्डप भेलामा कञ्चनपुर क्षेत्र नं. २ बाट जम्मा तीन जना मात्रै सहभागी भएका छन् ।
गगन थापा र विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पार्टी हाइज्याक गर्ने प्रयास गरेपछि कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितको सिङ्गो कार्यसमिति शुक्रबार निर्वाचन आयोगमा पुगेर आफूहरूनै आधिकारिक रहेको र भृकुटीमण्डको भेला अबैध रहेको बताएका छन् ।
गगन–विश्व समूहले हस्ताक्षर कीर्ते गरेको र हस्ताक्षर फिर्ता लिएको ८ सय ८५ जनाको निवेदनसहितको कागजपत्र कांग्रेसका कार्यबाहक सभापति खड्काले निर्वाचन आयोगमा बुझाएका छन् ।
यसैबीच, नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि रामबाबु खड्काले पनि आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । उनले पार्टी केन्द्रीय कार्यालय, सानेपामा निवेदन दिएर विशेष महाधिवेशनका लागि भनेर गरिएको हस्ताक्षर पार्टी विभाजनको लागि प्रयास भएकोमा असहमति राखेर हस्ताक्षर फिर्ता लिएको जनाएका छन् । खड्काले आफ्नो हस्ताक्षरलाई गगन–विश्व समूहले दुरुपयोग गरेको जनाएका छन् ।


बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया