कार्यबाहक सभापति खड्का पुनः निर्वाचन आयोग गए
काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्का पुनः निर्वाच आयोग पुगेका छन् ।
शुक्रबार दिउँसो कान्तिपथस्थित आयोगको कार्यालयमा कार्यबाहक सभापति खड्का केही नेताहरूलाई लिएर गएका हुन् । खड्कासँग नेता रमेश लेखकसहितका नेताहरू आयोग पुगेका छन् ।
कांग्रेसलाई विशेष महाविधेशन र भृकुटीमण्ड भेलाबाट गगन थापा र विश्वप्रकाश शर्माले हाइज्याक गर्न विभिन्न गतिविधि गरेपछि कांग्रेसलाई बचाउन कार्यबाहक सभापति खड्का पुनः आयोग पुगेका हुन् ।
यसअघि, आजै बिहान खड्का पदाधिकारी र केन्द्रीय सदस्यहरूसहित आयोग पुगेर विभिन्न कागजपत्र र दस्तावेजहरू बुझाएका थिए ।
स्रोतका अनुसार कांग्रेससम्बन्धित विवाद आजै टुंगो लगाउने तयारी गरेको छ । कांग्रेसका कार्यबाहक सभापति खड्काले संविधान, कानून र विधिअनुसार निर्णय हुनुपर्ने माग गर्दै आएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया