कांग्रेसलाई हाइज्याक हुनबाट बचाउन र खबरदारी गर्न तरुण दलद्वारा आयोग अगाडि सयौंको संख्यामा प्रदर्शन

काठमाडौं । नेपाल तरुण दलले निर्वाचन आयोगको कार्यालय अगाडि भव्य प्रदर्शन गरेको छ ।

गगन थापा र विश्वप्रकाश शर्माको समूहले नेपाली कांग्रेसलाई हाइज्याक गर्न खोजेपछि तरुण दलले आयोग अगाडि प्रदर्शन गरेको हो । शुक्रबार बिहानैदेखि तरुण दलका अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा सैयौंको संख्यामा जम्मा भएका तरुणहरूले नाराबाजी गरिरहेका छन् ।

तरुणहरूले ‘नेपाली कांग्रेस जिन्दावाद’, ‘अरु हामी जान्दैनौं गगन–विश्व मान्दैनौं’, ‘संविधान अनुसार निर्णय गर’, ‘शेरबहादुर देउवा जिन्दावाद’ जस्ता नारा लगाएका छन् ।

तरुण दलले कांग्रेसलाई हाइज्याक हुनबाट बचाउन निर्वाचन आयोगको कार्यालय अगाडि मूल सडकमा प्रदर्शन गरेपछि सुरक्षा अवस्था मजबुद बनाइएको छ ।

Published : Friday, 2026 January 16, 5:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया