निर्वाचन आयोगले कानून विपरीत निर्णय गरे आन्दोलन गर्ने कांग्रेसको चेतावनी
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगले संविधान कानून, पार्टी विधान र नियमावलीविपरीत निर्णय गरेमा मुलुकभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।
शुक्रबार पार्टी कार्यालय, सानेपामा पत्रकार सम्मेलन गरेर कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संविधान र कानूनविपरीत निर्णय भएमा आफूहरूले देशभर आन्दोलन गर्ने बताए । उनले आवश्यक पर्दा आन्दोलनका लागि तयारी अवस्थामा रहने देशभरिका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
उनले भने, ‘निर्वाचन आयोगले संविधान, कानून, पार्टी विधान र नियमावली विपरीत निर्णय गरेमा कांग्रेसले देशभर आन्दोलन गर्छ ।’
निर्वाचन आयोगले त्यो गर्दैन भन्ने विश्वास आफूलाई रहेको खड्काले बताएका छन् । बाहिर आएका चर्चा बहसले त्यस्तो काम भयो भने कांग्रेसले देशभर आन्दोलनमा जाने कार्यबाहक सभापति खड्काको चेतावनी छ ।
उनले विधि र विधानविपरीत आयोगले निर्णय गरेमा देशभर आन्दोलन गर्न तयार भएर बस्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
‘हामीमाथि हुने गलत निर्णयविरुद्ध पार्टीले आवश्यक परेको बेला बोलाउँछ,’ खड्काले भने, ‘त्यो बेला उपस्थित हुन तम्तयार रहन पार्टी नेता तथा कार्यकर्ता र शुभचिन्तक सबैलाई आग्रह गर्दछु ।’
कार्यबाहक सभापति खड्काले केन्द्रदेखि वडासम्म चार तारे झण्डा र रूख अंकित झण्डासहित आन्दोलन गरिने बताए । उनले भने, ‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्न सक्ने तर, बोलाउन सक्ने व्यवस्था छैन, केन्द्रीय समितिले मात्र विशेष महाधिवेशन र कार्यविधि बनाउन सक्छ ।’
उनले भने, ‘विशेष महाधिवेशन माग गर्नेहरूले नियमित महाधिवेशन विकल्पमा राखेकोले हामी नियमित महाधिवेशतर्फ अघि बढेको अवस्थामा विशेष महाधिवेशनको औचित्य थिएन ।’
कार्यबाहक सभापति खड्काले गगन थापा र विश्वप्रकाश शर्माले अवैधानिक भेला गरी त्यसलाई विशेष महाधिवेशन भनेको बताए ।
‘विशेष महाधिवेशन गर्न हुन्न, यसले पार्टी विभाजन हुन्छ भनेर हामीले भनिरहेका थियौं । तर, एक जनाले विष पिउँछौं भन्नुभयो, अर्कोले त्यस्तो अवस्था आए हलबाट पहिले बाहिर निस्कन्छु भन्नुभएको थियो,’ खड्काले भने, ‘यस्तो झुटो आश्वासन र वचन दिएर उहाँहरूले पार्टीलाई विखण्डनमा पु¥याउनुभयो ।’
उनले १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र आफू अहिले कार्यवाहक सभापति रहेको तथा वडा तहसम्म पनि कार्यसमिति रहेको बताए । क्रियाशील सदस्यता नटुंगिएकोले वैशाखमा महाधिवेशन गर्ने गरी केन्द्रीय कार्यसम्पादनले निर्णय लएको कार्यबाहक सभापति खड्काले बताएका छन् ।
पत्रकार सम्मेलनमा केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो । खचाखच भरिएको पार्टी कार्यालयमा सयौँको संख्यामा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया