राजेन्द्र बानियाँ भन्छन् – गगनले बिष पिएर भए पनि पार्टी फुट जोगाउँछु भनेको सुन्ने म मात्र हो कि अरु नि हुनुहुन्छ ?
काठमाडौं । वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले नेपाली कांग्रेस विभाजन गरेका गगनकुमार थापाप्रति व्याङ्ग्य गर्दै गम्भीर प्रश्न उठाएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत पत्रकार बानियाँले पार्टी फुटबाट जोगाउँछु भनेर दिएको थापाको अभिव्यक्ति कार्यान्यन भयो कि भएन ? भनेर प्रश्न गरेका हुन् ।
वरिष्ठ पत्रकार बानियाँले लेखेका छन्, ‘गगन थापाले बिष पिएर भए पनि पार्टी फुट जोगाउँछु भनेको सुन्ने म मात्र हो कि अरु नि हुनुहुन्छ ? कांग्रेस फुटेको हैन र ? मेरो मतलब गगनजस्ता नेताले बिष पिउनु हुन्न, हुँदै हुन्न ।’
कांग्रेस विभाजन गरेर सभापति बनेका थापाको बोली र व्यवहार फरक रहेको बानियाँको भनाइ छ ।
पुस २७ गते भृकुटीमण्डपको कांग्रेसको भेलामा थापाले कांग्रेसलाई फुटबाट जोगाउने र त्यसका लागि बिष पिउन परे पनि तयार रहेको भनेर अभिव्यक्ति दिएका थिए । यद्यपि, थापाले कांग्रेसलाई विभाजन गरेर सभापति बनेर राजनीतिक औकात देखाएका छन् ।
अर्का नेता विश्वप्रकाश शर्माले पनि कांग्रेस विभाजन हुने अवस्था आयो भने सबैभन्दा पहिला ‘म हलबाट बाहिरिनेछु’ भनेर अभिव्यक्ति दिएका थिए । यद्यपि, शर्माले पनि उपसभापति बन्नका लागि कांग्रेस विभाजन गर्न नेता, कार्यकर्तालाई भ्रममा पार्न हावा अभिव्यक्ति दिएका रहेछन् भन्ने प्रष्ट भएको छ ।
थापा र शर्माले राखेका मागलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूरा गर्न सहमति जनाएका थिए । थापा र शर्माले राखेका सबै मागप्रति सकारात्मक भए पनि देउवा कांग्रेस फुटाउन हुँदैन भन्ने पक्षमा अडिग रहेका थिए ।
गगन थापालाई भृकुटीमण्डपको भेलाबाट सभापति र प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने बाहेकका सबै माग सभापति देउवाले पूरा गरिदिएका थिए । सभापति र प्रधानमन्त्रीको घोषणा गर्ने अधिकार सभापति देउवासँग थिएन ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया