रुख र झण्डा कसको हुन्छ ? के छ बिगतको निर्णयहरू ?

काठमाडौं । अहिलेसम्म निर्वाचन आयोगले गरेका निर्णयानुसार पार्टी फोड्नेले चुनाव चिन्ह र झन्डा पाएको छैन् ।

तत्कालीन समयमा नेपाली कांग्रेस फुटेर बनेको प्रजातान्त्रिक कांग्रेसले चुनाव चिन्ह र झण्डा पाएन ।

तत्कालीन माओवादी फुटेर गएको मोहन वैधको पार्टीले पनि चुनाव चिन्ह र झण्डा पाएन । तत्कालीन राप्रपा फुटाएका पशुपतिशम्शेर राणाको पार्टीले पनि चुनाव चिन्ह र झण्डा पाएन ।

राप्रपा नेपाल फुट्दा कमल थापाको पार्टीले चुनाव चिन्ह र झण्डा पाएन । नेकपा (एमाले) फुटाएका माधव नेपालको पार्टीले चुनाव चिन्ह र झण्डा पाएन ।

केही समय अगाडि नागरिक उन्मुक्ति पार्टीका बहुमत महाधिवेशन प्रतिनिधिले महाधिवेशन गर्दै रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएको र रेशम चौधरीलाई अध्यक्ष बनाएको निवेदन निर्वाचन आयोगमा पठाउँदा निर्वाचन आयोगले प्रक्रिया नमिलेको भन्दै रञ्जिता श्रेष्ठनै अध्यक्ष भएको निर्णय ग¥यो । र, अहिले त्यो मुद्दा अदालतमा चलिरहेको छ । यद्दपि अहिले नागरिक उन्मुक्ति पार्टी नेपाली कम्युनिस्ट पार्टीमा विलय भएको छ ।

यस्ता तमाम उदाहरण छन् । त्यसैले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ र चार तारे झण्डा यथावत रहन्छ ।

यो कानूनी कुरा हो । बाँकी शक्तिकेन्द्रहरूले जे चाहान्छन्, त्यही हुन्छ । भदौ २३ र २४ को घटनापछि नेपालमा विदेशी शक्तिको निकै चलखेल भइरहेका बेला नेपाली कांग्रेसको चनाव चिन्ह रुख र चार तारे झण्डा अबैधानि समूहतर्फ गयो भने त्यसलाई पनि अन्यथा लिन सकिने छैन ।

संविधान, विधि र कानूनलाई सबैले परिपालिन गर्ने दायित्व रहन्छ । कसैलाई सनक चढ्यो भन्दैमा अबैधानिक रुपमा भेला बोलाएर पार्टी विभाजन गरेर आधिकारिता पाउने हो भने कानूनी शासनको उपहास हुने कानून व्यवसायीहरूले बताउने गरेका छन् ।

फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनलाई निर्वाचन आयोगले सफलताका साथ सम्पन्न गर्नुपर्ने दायित्व छ । यस्तो अवस्थामा अबैधानिक भेला बोलाइर गगन थापाले आफूलाई सभापति घोषणा गरेर नेपाली कांग्रेसमाथि दाबी गरेका छन् । थापाको यो गतिविधि निर्वाचन विरोधी त छदै छ । त्यसमा पनि अबैधानिक रहेको नेताहरूले बताएका छन् ।

Published : Thursday, 2026 January 15, 12:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया