कांग्रेसद्वारा माघे संक्रान्ति पर्वको अवसरमा शुभकामना प्रदान
काठमाडौं । नेपाली कांग्रेसले मकर संक्रान्ति अर्थात् माघे संक्रान्तिको अवसरमा शुभकामना दिएको छ ।
बिहीबार कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले शुभकामना सन्देश जारी गरेर नेपालका विभिन्न जातजाति तथा समुदायहरूले आ–आफ्नै सांस्कृतिक पहिचान सहित उल्लासपूर्वक मनाउँदै आएको महत्वपूर्ण पर्व भएको बताएका छन् ।
उनले भने, ‘भौगोलिक, जातीय तथा सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो समाजमा यस्ता पर्वहरूले सामाजिक सद्भाव, आपसी सहकार्य र पारस्परिक सम्मानको भावना अभिवृद्धि गर्दै अनेकतामा एकताको सुदृढीकरण तथा राष्ट्रिय एकताको भावनालाई सशक्त बनाउँदै आएका छन् ।’
‘यस पावन अवसरमा मकर संक्रान्ति÷माघे संक्रान्तिलाई विशेष पर्वका रूपमा मनाउनु हुने थारू, मगर समुदाय लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा पार्टी र मेरो व्यक्तिगत तर्फबाट सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु,’ कांग्रेस कार्यबाहक सभापति खड्काले भने ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया