कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता
चार तारे झण्डा र चुनाव चिन्ह ‘रुख’ नेपाली कांग्रेसको हुन्छ । नेपाली कांग्रेस भनेको २००३ सालमा स्थापित हुँदै आज २०७८ साल मंसिर २८ गते महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति शतप्रतिशत बैधानिक हो । उसको कार्यकाल ४ वर्षको छ । १ वर्ष थप गर्न पाउने विधानमा व्यवस्था छ । विधानमा भएको व्यवस्था अनुसार अहिले जेठ मसान्त समय थप पनि गरेको छ ।
कुनै तरिकाले रिक्त गर्यो र फेरि विशेष महाधिवेशनबाट आयो भने एउटा कुरा हो । सभापतिको हकमा २५ प्रतिशतले माग गर्यो भने र दुईतिहाईले पास गर्यो भने सभापतिको पद रिक्त हुन्छ । उपसभापति, महामन्त्री लगायत निर्वाचित केन्द्रीय सदस्यको २० प्रतिशतले अविश्वासको प्रस्ताव दर्ता भयो र ६० प्रतिशतले त्यसलाई पास गर्यो भने उनीहरूको पद रिक्त हुन्छ । यी पद रिक्त भएपछि विशेष महाधिवेशन बोलाएर पूर्ति गर्ने हो । त्यो कार्यविधि, कानून, विधान नअपनाइ गरेको कार्यसमिति गठन गरेका कार्यसमिति, विशेष महाधिवेशनको नाममा बोलाएको भेलाले गठन गरेको कार्यसमितिलाई चिन्दैन । तिनलाई नचिन्ने भएपछि त्यो चार तारे झण्डा, चुनाव चिन्ह, पार्टी कार्यालय लगायत कहाँ जाने भन्ने प्रश्नै रहँदैन । नेपाली कांग्रेसको हो । नेपाली कांग्रेस भनेको हाल २०७८ मंसिर २८ गते निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस जहाँ छ त्यहीँ हुन्छ ।
विशेष महाधिवेशनको नाममा भृकुटीमण्डपमा गरेको भेलाले कुनै हालतमा आधिकारिकता पाउँदैन । जनता हामी सार्वभौम हौं, हामीले जे पनि गर्ने छुट छ भनेर घोषणा गर्न मिल्दैन ।
केन्द्रीय कार्यसमितिको निर्वाचनसहितको उनीहरूको विशेष महाधिवेशनको माग हो भने विशेष महाविधेशनबाट केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न विशेष महाविधेशनले केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न सक्दैन ।
केन्द्रीय कार्यसमितिको निर्वाचन गर्नको लागि केन्द्रीय कार्यसमिति कसको निर्वाचन गर्ने हो ? पदाधिकारीहरू, केन्द्रीय सदस्य निर्वाचित, केन्द्रीय सदस्य वा पदाधिकारीको गर्ने हो उनीहरूको पद रिक्त रहेको हुनुपर्छ । कसैको पनि पद रिक्त रहेको अवस्था छैन । केन्द्रीय कार्यसमितिको निर्वाचन विशेष महाधिवेशनबाट हुन सक्दैन ।
त्यही भएर होला केन्द्रीय कार्यसमितिले उनीहरूको मागलाई सम्बोधन हुने गरी अथवा सम्बोधन होस भनेर नियमित महाधिवेशन घोषणा गर्यो । त्यो नियमित महाविधेशन कहिले घोषणा गर्यो ? पुसको २६ देखि २८ मा महाधिवेशन गर्ने र त्योभन्दा अगाडि तालिका निकाल्यो क्रियाशील सदस्यता, नवीकरण, नयाँ सदस्यता वितरण, वडा अधिवेशन, क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन, नगर अधिवेशन लगायत यी सारा अधिवेशनको तालिका निकाल्यो । त्यो तालिकाअनुसार भएन । नियमित महाविधेशन त्यो तालिका अनुसार २६ गते पो भएन । नियमित अधिवेशन त चालु छ नि । नियमित महाधिवेशन चालु हुँदाहुँदै विशेष महाविधेशन हुन्छ ?
उदाहरणका लागि संसदको निर्वाचन गर्न लागेका छौं । संसद विघटन भएको छ । संसद खाली भएको हुनाले छ महिनाभित्र फागुन २१ गते निर्वाचन गर्न लागेका छौं । फागुन २१ गते यता निर्वाचन घोषणा गर्यो सरकारले । उनीहरूको भाषामा महाधिवेशन प्रतिनिधि, जनताले हो माग्ने, जनताले निर्णय गर्न पाउनुपर्छ भन्दै छन् । अब फागुन २१ गते विधिवत् सरकारले निर्वाचन आयोगले घोषणा गरेको निर्वाचनलाई नमानेर माघ २१ गते हामी गर्छौं भनेर जनताले १६५ निर्वाचन क्षेत्रमा अलग अलग ढ्वाङ राखेर निर्वाचन गरेर हामी भयौं है यसका सांसद भनेर ल्याइयो भने तिनीहरूलाई संसद सचिवालयले चिन्छ ? चिन्दैन । चिन्न पर्नाका लागि त्यही निर्वाचन आयोगले नेपाल सरकारले घोषणा गरेको निर्वाचनको मितिमा निर्वाचन गर्नुपर्छ होला नि ।
निर्वाचनको मिति निर्वाचन हुँदाहुँदै त्यो मितिमा निर्वाचन नगरेर हामी अगाडि गर्छौं भनेर जनता सार्वभौम हौं भन्दैमा त्यो गर्न पाइन्छ ? पाइँदैन । त्यसलाई नेपालको संविधान, कानून कसैले चिन्छ ? चिन्दैन । ठीक त्यस्तै हो उहाँहरूको । उहाँहरूको विशेष महाधिवेशनलाई न हाम्रो विधानले चिन्छ । न दलसम्बन्धी ऐनले चिन्त । न संविधानले चिन्छ । त्यो जबरजस्ती हो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया