गगन–विश्व र फर्मुल्लाहलाई कारबाही गरेपछि कांग्रेसद्वारा कानून व्यवसायीहरूसँग परामर्श
काठमाडौं । नेपाली कांग्रेसले तीन पदाधिकारीहरूलाई कारबाही गरेपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा कानून व्यवसायीहरूसँग छलफल गरेको छ ।
बुधबार पार्टी कार्यालय, सानेपामा कांग्रेसले वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती र उपेन्द्रकेशरी न्यौपानेसहितका कानून व्यवसायीसँग छलफल गरेको हो । कांग्रेसले सहमहामन्त्री बद्रीप्रसाद पाण्डेमार्फत निर्वाचन आयोगमा दुई महामन्त्री र एक सहमहामन्त्रीलाई कारबाही गरेको जानकारी दिएको छ ।
केन्द्रीय कार्यसमिति बैठक लगत्तै कांग्रेसका नेताहरूले कानूनी कारबाहीको वैधता, विशेष महाधिवेशनको कानूनी प्रश्न र पार्टीको आगामी बाटोका बारेमा राय लिन कानून व्यवसायीहरूसँग छलफल गरेका हुन् ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई कारबाही गर्ने निर्णय गरेको छ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया