पार्टी मिलाउने कुरामा जसले जे त्याग गर्न सक्छ गरौं : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टी मिलाउने कुरामा सबैले त्याग गर्नुपर्ने बताएका छन् ।

बुधबार पार्टी कार्यालय, सानेपामा पत्रकारहरूसँग कुरा गर्दै खतिवडाले भने, ‘पार्टी मिलाउने कुरामा सबैले त्याग गर्नुपर्छ । हामी पार्टी मिलाउने कुरामा जे गर्न पनि तयार छौं ।’

उनले भने, ‘मैले कुनै पद छोड्नु पर्छ भने पनि म तयार छु । मिलाउने कुरामा अन्तिम समयसम्म पनि छलफल भइरहेको छ ।’

महामन्त्री गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने विषयमा सोधिएको प्रश्नको जिज्ञासामा खतिवडाले अहिले पार्टी मिलाउने विषयमा जसले जे त्याग गर्नुपर्छ गरेर जानुपर्ने बताए ।

Published : Wednesday, 2026 January 14, 2:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया