सभापति देउवाको अपमान गर्ने गरी गगन–विश्वले पठाए प्रस्ताव, गगनलाई प्रधानमन्त्रीको लोभ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सहमतिका लागि गगनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जान प्रस्ताव गरेका छन् ।

महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय सदस्य रमेश लेखकलाई ८ बुँदा प्रस्ताव पठाएका छन् । प्रस्तावमा महामन्त्री थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नुपर्ने माग छ ।

महामन्त्रीद्वय थापा र शर्माले सभापति देउवालाई पार्टीबाट निस्काषन गर्नुपर्ने प्रस्ताव गरेका छन् । कांग्रेसबाट सभापति देउवा निस्क्रिय हुनु भनेको पार्टीबाट निकाले सरह रहेको छ ।

महामन्त्रीद्वय थापा र शर्माले सभापति शेरबहादुर देउवालाई कार्यकारी भूमिकाबाट बाहिरिनुपर्ने प्रस्ताव पठाएका छन् ।

गगन–विश्वले कांग्रेसले विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने, चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने, टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने, निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने, उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने, विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने माग गरेका छन् ।

Published : Wednesday, 2026 January 14, 1:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया