हिमालयन गार्डियनद्वारा विदेशी पर्यटकका लागि नेपालकै पहिलो यन्त्र–आधारित बीमा सेवा शुरु

काठमाडौं । हिमालयन गार्डियन नेपालले विदेशी पर्यटकका लागि नेपालकै पहिलो यन्त्र–आधारित, सरकार–स्वीकृत बीमा सेवा शुरु गरेको छ ।

नेपाल विश्वभर साहसिक पर्यटनका लागि अग्रणी गन्तव्यका रूपमा परिचित छ । दशकौँसम्म सगरमाथा क्षेत्र, हिमाली पदयात्रा, पर्वतारोहण तथा रोमाञ्चक गतिविधिहरू सुरक्षित मानिनुमा शेर्पा समुदायको अद्वितीय क्षमता र नेपाली गाइडहरूको पेशेवर योगदान प्रमुख रहेको छ ।

पछिल्लो दशकयता हेलिकप्टर सेवाको तीव्र विस्तारसँगै बीमा ठगी सम्बन्धी गतिविधिहरू अत्यधिक बढेका छन् । केही हेलिकप्टर कम्पनीहरूले उद्धार खर्च कृत्रिम रूपमा बढाएर÷देखाए केही अस्पतालहरूले अनावश्यक परीक्षण गरी उपचार बिल अस्वाभाविक रूपमा बढाएका छन् । केही ट्रेकिङ कम्पनीहरूले समेत गलत समन्वयमा संलग्न भएको प्रमाण भेटिएका छन् । यी सबै गतिविधि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा व्यापक रूपमा उजागर भइसकेका छन् ।

नेपालले यी गतिविधि तत्काल रोक्न नसक्नुको मुख्य कारणमा बीमा दाबी नेपालमा नभई सीधा विदेशी बीमा कम्पनीहरूमै दर्ता भएका कारण समस्या थियो । विदेशी बीमा कम्पनीहरूले उद्धार, हेलिकप्टर र अस्पताललाई सिधै भुक्तानी गर्थे, नेपाल सरकार, बीमा प्राधिकरण वा कुनै अन्य नियामक संस्थासँग डेटा, बिल, वा जाँच अधिकार नै थिएन ।

यसैले नेपालभित्र कसैले पनि यी ठगी गतिविधि न त चिन्न सके, न त रोक्न सके । जब अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बीमा ठगीबारे धेरै विस्तृत समाचार लेखे, त्यसपछि पर्यटन मन्त्रालयमा एउटा छानबिन समिति गठन भएको थियो ।

दुर्भाग्यवश समितिले दोषी व्यवसायीहरूको संरक्षण ग¥यो । वास्तविक अनुशासनात्मक कारबाही भएन । छानबिन प्रतिवेदन आजसम्म पनि सार्वजनिक गरिएको छैन ।

यसले नेपाललाई विश्वमञ्चमा थप अविश्वसनीय र गैरजिम्मेवार गन्तव्यको रूपमा चित्रण गराइदिएको छ । अन्तर्राष्ट्रिय प्रभाव यस्ता अनियन्त्रित गतिविधिका कारण धेरै अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूले नेपालका लागि बीमा बेच्न बन्द गरेका छन् ।

बेचिरहेका कम्पनीहरूले अत्यन्तै उच्च प्रिमियम राखे । जसले पर्यटकहरूको कुल यात्रा खर्च धेरै बढायो । नेपाल महँगो तथा जोखिमपूर्ण गन्तव्यका रूपमा चिनिन थाल्यो ।

समाधानका लागि नेपालकै पहिलो यन्त्र–समर्थित बीमा प्रणाली सेवा शुरु भएको छ । यी समस्याहरू स्थायी रूपमा समाधान गर्न र नेपालको बिग्रँदो छवि पुनःस्थापित गर्न र हिमालयन गार्डियन नेपालले नेपाल बीमा प्राधिकरणको सहकार्यमा र नेपाल दूरसञ्चार प्राधिकरणको औपचारिक स्वीकृतिसहित विदेशी पर्यटकका लागि नेपालकै पहिलो यन्त्र–समर्थित बीमा प्रणाली शुरु गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

यसका बीमा–अन्डरराइटर प्रुडेन्सियल इन्स्योरेन्स, सरकारद्वारा स्वीकृत नेपाली बीमा कम्पनी हो, जसले यस प्रणालीलाई पूर्ण रूपमा कानूनी, पारदर्शी र जिम्मेवार बनाएको छ ।

नयाँ प्रणालीमा जाँदा हेलिकप्टर उद्धार बिलमा ठगी असम्भव हुन्छ, अनावश्यक मेडिकल परीक्षण नियन्त्रणमा रहन्छ, बीमा दाबी यथार्थ डेटा आधारित रूपमा स्वीकृत हुन्छ, झूटा दाबीहरू स्वतः रोकिन्छन् ।

हिमालयन गार्डियन नेपालले हाल विदेशी पर्यटकहरूको आवश्यकता अनुसार तीन प्रकारका बीमा योजना उपलब्ध गराएको छ ।

टूर बीमा प्याकेज (३,५०० मिटर सम्म) चिकित्सकीय बीमा, दुर्घटना बीमा, उपकरण–समर्थित उद्धार, अस्पताल सेवा राखिएको छ । ट्रेकिङ बीमा प्याकेज ५,५०० मिटरसम्म समावेश रहेको छ । चिकित्सकीय तथा दुर्घटना बीमा, उचाइ–सम्बन्धी उपचार, हेलिकप्टर उद्धार, रियल–टाइम ट्रयाकिङ, क्लाइम्बिङ बीमा प्याकेज (६,००० मिटर सम्म) समावेश रहेको छ । उच्च–उचाइँ जोखिम बीमा, एएमएस उपचार, आपतकालीन उद्धार, अस्पताल सेवा, उचाइ–डाटा आधारित निगरानी हुनेछ । नेपाल पर्यटन सुरक्षामा नयाँ युग थप भएको छ । हिमालयन गार्डियन नेपालले आफ्नो सेवाहरूमा विश्वस्त रहेको जनाएको छ ।

नेपालमा वर्षौँदेखि भइरहेको उद्धार–बीमा अव्यवस्था अन्त्य गर्ने विश्वास छ । पर्यटकहरूबीच हराउँदै गएको विश्वास पुनःस्थापित गर्ने, बीमालाई किफायती, पारदर्शी र विश्वसनीय बनाउने र नेपालको पर्यटन उद्योगलाई नवीन, सुरक्षित र नैतिक बनाउने हिमालयन गार्डियन नेपालले जनाएको छ ।

Published : Wednesday, 2026 January 14, 1:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया