शेरबहादुर देउवा भगवान् होइनन्, मान्छे हुन्
शेरबहादुर देउवा भगवान् होइनन्, मान्छे हुन् । मात्र–एक आम मान्छे, एक थान मान्छे । एक दूर–सुदूर गाउँको यायावर छिचोल्दै देश–दुनियाँ नियालेको मान्छे ।
एकथान जिन्दगीमा उनले गरेका संघर्ष सायद अहिले कसैले कल्पनासम्म गर्न सक्दैन, न कसैलाई फुर्सद नै छ । देउवाले कहिल्यै भिड बटुलेर भगवान् बन्ने कोसिस गरेनन् । न देश दुनियाँका पत्रकारदेखि लेखक बटुलेर आफ्ना पक्षमा मात्रै लेख्न लगाए । न कसैलाई आफ्नाविरुद्ध नलेख्न उर्दी जारी गरे । कुनै समाचार कक्ष कहिल्यै प्रभावित पार्न खोजेनन् ।
शेरबहादुर देउवा राष्ट्रिय राजनीतिमा फक्रिदै गर्दा उनको पक्षमा लेखिदिने काठमाडौंमा आफ्नै भूगोलको न कोही सम्पादन थियो, न पत्रकार । न कुनै लेखक, न समीक्षक, न विज्ञ विश्लेषक ।
तर, उनका सामुन्ने जो राजनीतिक प्रतिस्पर्धी थिए, उनीहरूसँग ती सबैथोक थिए । त्यो बेला मिडिया जे लेख्थ्यो–समाज त्यही सुन्थ्यो, पत्याउँथ्यो ।
देउवाविरुद्ध कैयौँ सन्ध्याकालीन प्यालाहरूमा स्क्रिप्टिङ भए, पत्रिकाका पानाहरूमा पोतिए । जसलाई समाजले सत्य मान्यो, देउवालाई दानव ठानिरह्यो । सत्य उजागर गरिदिने देउवासँग कोही थिएन, देउवाको कोही थिएन ।
सायद त्यसैले हुनुपर्छ, देउवा मिडियामैत्री बनेनन् । तर, लोकतन्त्रको स्कुलिङमा हुर्किएका उनी प्रतिवाद गर्दै मैदानमा उत्रिएनन् पनि ।
यसरी दशकौँदशकको एकतर्फी आलोचनाको तारो बनिरहे । यहाँनेर जर्मन तानाशाह हिटलरको नाजी साम्राज्यका प्रचारमन्त्री जोसेफ गोयबल्सका भनाईहरू देउवाविरुद्ध प्रयोग भएको मान्न सकिन्छ ।
गोयबल्स भन्थे–एउटा झुटलाई बारम्बार दोहो¥याए अन्ततः त्यसलाई सत्य मानिन्छ । प्रचारको उदेश्य सत्य खोज्नु होइन, जनतालाई विश्वास दिलाउनु हो ।
ठूलो झूट सानो झूटभन्दा छिटो विश्वास गरिन्छ । आफूविरुद्धका झूटविरुद्ध देउवा बोलेनन्, अरु बोलिदिने कोही भएनन् ।
त्यही झुटको सिकार उनी राजनीतिक जीवनको उत्तरार्धसम्म भइरहेका छन् । मैले सुरूमै भनेँ–उनी मान्छे हुन् । मान्छे भनिसकेपछि गल्ती कमजोरी हुन्छन् । तर, नभएका झुटमुटका गल्तीको पहाड खडा गरेर कुल्चिने प्रयासको कसरी समर्थन गर्नु हौं ?
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया