भृकुटीमण्डप भेलाबाट गगनले न्यायाधीशहरू र सेनाका उच्च अधिकारीहरूलाई दिए थ्रेट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०६३ सालयता सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्ने प्रस्ताव गरेका छन् ।

कांग्रेसको विशेष महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव पेश गर्दै महामन्त्री थापाले सबै सम्पत्ति छानबिन गर्नुपर्ने बताएका हुन् ।

महामन्त्री थापाको प्रस्तावमा भनिएको छ, ‘वि.सं. २०६३ पछि सार्वजनिक पदमा रहेका वा नरहेका हरेक व्यक्तिको सम्पत्ति छानबिन गर्नका लागि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरिनेछ ।’

यस्तो उच्चस्तरीय आयोगलाई पूर्व सैनिक अधिकारीको पनि सम्पत्ति छानबिन गर्ने अधिकारी दिइने उनले प्रस्ताव गरेका छन् ।

‘उक्त आयोगलाई पूर्वन्यायाधीश, सेनाका पूर्व अधिकारीलगयात सम्पूर्ण व्यक्तिको सम्पत्ति छानबिनको समेत अधिकार प्रदान गरिनेछ,’ महामन्त्री थापाको प्रस्तावमा उल्लेख छ ।

राजनीतिक पार्टीबाट सार्वजनिक पदमा जाँदा सम्पत्ति सार्वजनिक गर्ने व्यवस्था गर्न पनि महामन्त्री थापाले प्रस्ताव गरेका छन् ।

थापाले भनेका छन्, ‘पार्टीबाट सबै तहको सार्वजनिक पदमा जानुपूर्व सम्पत्ति सार्वजनिक गर्नैपर्ने बाध्यतकारी बनाइनेछ ।’

न्यायालयलाई निष्पक्ष र स्वतन्त्र राख्नका लागि गरिएका कतिपय प्रावधानलाई महामन्त्री थापाले लोप्रिय हुने नाममा जथाभावी प्रस्ताव राखेका छन् । न्यायाधीशहरूमाथि समेत प्रश्न उठाउने हो भने न्याय कोसँग माग्ने ?

नेपाली सेना जसले देश र राष्ट्रियतालाई बचाएर राखेको छ । त्यस्तो संस्थामाथि पनि महामन्त्री थापाले धावा बोलेका छन् ।

महामन्त्री थापाले पूर्वन्यायाधीशहरू र नेपाली सेनाका उच्च अधिकृतहरूको सम्पत्ति छानविनको प्रस्ताव गरेर उनीहरू भ्रष्ट छन् भन्ने कुरा प्रमाणित गर्न खोजेका छन् ।

Published : Tuesday, 2026 January 13, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया