गगन–विश्वद्वारा भृकुटीमण्डप भेलाको २२ करोड तिर्न कांग्रेस नेतृत्वसँग राखे प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको भृकुटीमण्डपको भेलामा २२ करोड खर्च भएको भन्दै व्यहोर्न माग गरिएको छ ।
मंगलबार कांग्रेस नेतृत्वसँग गगन–विश्वको तर्फबाट वार्तामा गएका नेताहरूले भृकुटीमण्डप भेलाको अपनत्व लिने क्रममा खर्च भएको २२ करोडको दायित्व पनि कांग्रेसले व्यहोर्नुपर्ने प्रस्ताव गरेको स्रोतले जनाएको छ । हस्ताक्षर अभियानदेखि अहिलेसम्म २२ करोड खर्च भएको तथ्याङ्ग गगन–विश्व समूहले कांग्रेस नेतृत्वसमक्ष राखेको छ ।
यद्यपि, कांग्रेस नेतृत्वले २२ करोड खर्चको दायित्व लिने पक्षमा छैन । पार्टीको विधान विपरीत महामन्त्रीद्वय विशेष महाधिवेशन बोलाएका थिए । उनीहरूको विशेष महाधिवेशनलाई कांग्रेस नेतृत्वले भेलाको रुपमा लिएको छ ।
Published : Tuesday, 2026 January 13, 7:34 pm
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया