गगन–विश्वलाई कारबाही बारे महरले भने– स्वभाविक रुपले एक्सनको रियाक्सन हुन्छ, अवस्था डिलडिलमा छ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विभाजनको परिस्थिति हिजोको भन्दा फरक नरहेको बताएका छन् ।

मंगलबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता महरले भने, ‘परिस्थिति हिजोको भन्दा फरक छैन । एकदम डिलडिलमा पुगेको जस्तो महसुस भएको छ । अन्तिम पल्ट प्रयास हुँदैछ । धेरै डिलमा पुगेको छ । फर्काउन प्रयत्न भएको छ ।’

उनले भने, ‘एक÷दुईवटा बुँदामा थोरै तलमाथि गरेर स्थिति नियन्त्रण हुन्छ । पार्टी एकढिक्का भएर जान्छ ।’

नेता महरले भने, ‘विशेष महाधिवेशन स्थलमा गएर त्यसलाई विशेष भेला अथवा त्यहाँ भएको कुरालाई अपनत्व लिने भन्ने कुरादेखि लिएर हस्ताक्षरका विषयहरू छन् । त्यो विषयमा दुबैतर्फका शीर्ष नेताहरूमा कुराकानी गरेर निकास निस्किने कुरा छन् । फर्काउने कुरा फेरि पनि डिलबाटै फर्काउने हो ।’

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूलाई कारबाही गर्ने विषयमा सोधिएको प्रश्नको जवाफमा नेता महरले भने, ‘अहिले नै त्यसको बारेमा नबोलिहालौं । स्वभाविक रुपले एक्सनको रियाक्सन हुनेनै भयो ।’

Published : Tuesday, 2026 January 13, 5:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया