गगन–विश्वले भृकुटीमण्डप भेलाबाट कांग्रेस विभाजन गर्न लागेका बेला सभापतिसँग जिल्ला सभापतिहरूद्वारा भेट
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जिल्ला सभापतिहरूले सामूहिक रुपमा भेट गरेका छन् ।
मंगलबार महाराजगञ्जस्थित निवासमा सभापति देउवासँग जिल्ला सभापतिहरूले भेट गरेर पार्टी विभाजन गर्न भइरहेको प्रयासहरूका विषयमा छलफल भएको नुवाकोट कांग्रेसका सभापति रमेश महतले बताए ।
जिल्ला सभापतिहरूले पार्टी एकताका लागि सभापति देउवाबाट विशेष भूमिका खेल्न आग्रह गरेका छन् । सभापति देउवाले पनि आफू पार्टी विभाजन नहोस् भनेर चिन्तित रहेको बताए । सभापति देउवाले सम्वाद गरेर कांग्रेस विभाजनबाट रोक्न नेताहरूलाई खटाएको बताएका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अबैधानिक रुपमा विशेष महाविधेशन बोलाएर कांग्रेस विभाजन गर्न लागेका छन् । पार्टी विभाजन रोक्न प्रयासहरू भए पनि गगन–विश्वले बालहठ गरेर कांग्रेस विभाजन गराउने तयारीमा पुगेका छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया