म्याग्दी, पर्वत, बाग्लुङ, स्याङजाका दुईतिहाई महाधिवेशन प्रतिनिधि गगन–विश्वको विपक्षमा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजन गर्न आह्वान गरिएको अबैध विशेष महाधिवेशनलाई म्याग्दी, पर्वत, बाग्लुङ, स्याङजाका दुईतिहाई बहुमत महाधिवेशन प्रतिनिधिले अस्वीकार गरिदिएको छ ।

म्याग्दीका महधिवेशन प्रतिनिधिहरू खमबीर गवुजा, श्रीप्रसाद रोका, देविका बुढा, शिव केसी, धनकुमारी थापा, खिमा पुर्जा, ओमकुमार फकाली, विना खड्क, बमबहादुर पुन, कमला तिलिजा, भीम रोका, मुकुन्द छताल, नेत्रबहादुर महत, चिरञ्जीवी शर्माले विशेष महाधिवेशनका नाममा गरिएको भेलामा जान अस्वीकार गरेका छन् ।

पर्वतबाट महाधिवेशन प्रतिनिधिहरू नवराज गुरुङ, मोहन गुरुङ, विद्वान गुरुङ, श्रीजना मल्ल, विमलराज क्षेत्री, खेमप्रसाद भुसाल, रिषिकेश तिवारी, मुना लामिछाने (विदेश), मीना केसी, मीना कर्माचार्य, खगीसरा परियार र जीतबहादुर नेपाली रहेका छन् । उनीहरू पनि पार्टी विभाजनको विपक्षमा उभिएका छन् ।

बागलुङबाट महधिवेशन प्रतिनिधिहरू जीतबहादुर शेरचन, दोर्ण कुँवर, दिमाया पावे, सोमबहादुर पावे, लिलमाया पुन, गण्डकी थापा अधिकारी, देवेन्द घर्ती मगर, भूमिराज सुनचैरी, सिंगबहादुर राना, भरत शर्मा गैरे, तुलासिंह घर्ती, देवी शेरचन (पार्टी छाडेको), मञ्जु चालिसे (पार्टी छाडेको), मणिभद्र शर्मा, प्रकाश पौडेल, नारायण पौडेल, पार्वती आचार्य, बसन्त श्रेष्ठ, ओमकार थापा, हरिप्रसाद श्रेष्ठ, विष्णु पौडेल रहेका छन् । उनीहरू पनि भृकुटीमण्डपको अबैधानिक ेभेलाको विपक्षमा उभिएका छन् ।

स्याङजाबाट महाधिवेशन प्रतिनिधिहरू भागवतप्रकाश मल्ल, अर्जुनप्रकाश अर्याल, दायाराम खनाल, सरस्वती अर्याल तिवारी, दिलिपप्रताप खाण, लीलबहादुर खनाल, माया राना, कविता तिवारी गैरे, लक्ष्मीप्रसाद रेग्मी, चन्द्र राना, रामचन्द्र पंगेनी, तुलसा नेपाली, सुनिता उच्चै ठकुरी, महेन्द्र श्रेष्ठ, लक्ष्मीकान्त रेग्मी, शिवकुमार गिरी (मृत्यु), गायत्री आचार्य रहेका छन् ।

त्यसैगरी, स्याङजाबाटै महाधिवेशन प्रतिनिधिहरू राजु थापा, अजित अधिकारी क्षेत्री, तारा मल्ल, सीता गोदार, धनकुमारी गुरुङ, गोपाल ढकाल, अमृत विक, तुलसीराम रेग्मी, लक्ष्मी केसी, देवेन्द्र गुरुङ (थाहा नभएको)रहेका छन् । उनीहरू सबै विशेष महाविधेशनको विपक्ष र नियमित महाधिवेशनको पक्षमा रहेका छन् ।

Published : Tuesday, 2026 January 13, 2:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया