कांग्रेस विभाजन नगर्न दवाव दिन गगन–विश्वको अबैध विशेष महाधिवेशनस्थलमा धर्ना
काठमाडौं । नेपाली कांग्रेसको विधानले नदिएको अधिकार प्रयोग गरेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अबैधानिक विशेष महाधिवेशन बोलाएर पार्टी विभाजन गर्न लागेपछि विरोधमा महाधिवेशन प्रतिनिधिहरूसहित नेपाल प्रजातन्त्र सेनानी संघले धर्ना दिएको छ ।
सोमबार काठमाडौंका भृकुटीमण्डपस्थित अबैधानिक विशेष महाधिवेशन भइरहेको स्थल अगाडि कांग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ र महाधिवेशन प्रतिनिधिहरूले कांग्रेसलाई फुटाउन पाइँदैन भन्ने ब्यानरसहित धर्ना बसेका हुन् ।
संघका सभापति बालकृष्ण दाहालका अनुसार कांग्रेसलाई कुनै पनि बहानामा विभाजन गर्न नपाइने बताए । उनले कांग्रेस विभाजन गर्न लागेको विरोधमा आफूहरू खबरदारी गर्न धर्नामा बसेको बताएका छन् ।
महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनको नाममा भेला बोलाएका छन् । भेलाको बन्दसत्रमा थापा र शर्माले कांग्रेसलाई विभाजन गर्ने गरेर प्रस्तावहरू अगाडि बढाएका छन् ।
थापा र शर्माले कांग्रेस विभाजन गर्न लागेको थाहा पाएपछि संघका सदस्यहरू र महाधिवेशन प्रतिनिधिहरूले दवाव सिर्जना गर्न धर्ना बसेका हुन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया