पर्वतका ६ र लम्जुङका मृत्यु भएका तथा अमेरिका, हङकङमा रहेकाहरूको पनि कीर्ते हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको अबैधानिक विशेष महाधिवेशन (भेला)मा पर्वत र लम्जुङका महाधिवेशन प्रतिनिधिहरूको कीर्ते हस्ताक्षर गरेको खुलासा भएको छ ।

अबैधानिक विशेष महाविधेशनका आयोजकहरूले महाधिवेशन प्रतिनिधिहरू खगीसरा नेपाली (पर्वतको विहादी), मीना केसी (पर्वतको डिम्बुवा), मीना कमर्चाय (पर्वतको कुश्मा), जीतबहादुर नेपाली (पर्वतको फलेबास) र मुना लामिछाने (पर्वत÷हाल अमेरिकामा रहेको)को हस्ताक्षर गरेको खुलेको छ ।

गगन–विश्व समूहले लम्जुङका ३ जना महाधिवेशन प्रतिनिधिहरूको नाममा पनि कीर्ते हस्ताक्षर गरेको खुलेको छ । लम्जुङ जिल्लाबाट महाधिवेशन प्रतिनिधि रहेकी सुपीमाया गुरुङको मृत्यु भइसकेको छ । सुपीमायाको नाममा पनि हस्ताक्षर भएको छ । सुकुमाया गुरुङ र जीवनकुमार श्रेष्ठको नाममा पनि कीर्ते हस्ताक्षर भएको छ । सुकुमाया र जीवनकुमार हाल अमेरिकामा छन् ।

लुम्जुङका ललितबहादुर गुरुङको पनि कीर्ते हस्ताक्षर भएको छ । ललितबहादुर हाल हङकङमा छन् ।

कथित महाधिवेशन आयोजकहरूले ६२ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी भएको दाबी गरिरहेका छन् । यदि ६२ प्रतिशत सहभागी छन् भने हस्ताक्षर भएको किताब पनि सार्वजनिक गरे हुन्छ नि । तर, गगन–विश्व समूहले कीर्ते हस्ताक्षर गरेका हुँदा त्यो हिम्मत छैन ।

गगन–विश्व समूहको भेलामा ३७.४७ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी भएको छन् । यो संख्या निकै न्यून हो । कीर्ते हस्ताक्षरको नाममा गगन–विश्व समूहले कांग्रेस विभाजन गर्न लागेका छन् । यसको मूल्य देशभरिका कांग्रेसका कार्यकर्ताले चुकाउनु पर्नेछ । गगन र विश्वले आफ्नो ठाउँ सुरक्षित गरिसकेका छन् ।

Published : Monday, 2026 January 12, 7:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया