कांग्रेस फुट्नबाट बचाउन सभापति देउवाद्वारा छलफल, समस्याको समाधान खोज्न आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइरालासहितका नेताहरूसँग छलफल गरेका छन् ।
सोमबार महाराजगञ्जस्थित निवासमा सभापति देउवाले नेताहरूसँग कांग्रेसलाई बिभाजनबाट कसरी बचाउन सकिन्छ भनेर छलफल गरेका हुन् । सभापति देउवाले कांग्रेसलाई फुट्नबाट बचाउन आफूबाट सबै सहयोग रहने आश्वासन दिएको एक नेताले बताए ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अबैधानिक रुपमा गरिएको विशेष महाधिवेशनले पार्टी फुटको सम्भावित दुर्घटना रहेका बेला सभापति देउवाले दुर्घटनालाई टार्न छलफल गरेका छन् ।
सभापति देउवाले कार्यवाहक सभापति खड्का, नेताहरू डा.शेखर कोइराला, डा.मीनेन्द्र रिजाल, जीवन परियारलगायतसँग छलफल गरेका छन् ।
महामन्त्रीद्वय थापा र शर्माले कांग्रेस विभाजन गर्ने प्रस्ताव बन्दसत्रमा राखिसकेका छन् । उनीहरूले कांग्रेसलाई फुटाउन खोजेका छन् । थापा र शर्माले कांग्रेस फुटाउन अन्तिम तयार गरेका बेला सभापति देउवा छलफलमा छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया