ठूलो धनराशीको किक बक्सिङ प्रतियोगितामा लक्ष्मी र सागर सर्वोत्कृष्ट घोषित

चापागाउँ । आयोजककी लक्ष्मी थिङ र स्ट्रङ्गेस्ट फाइटर्सका सागर परियार सातौं वीर गणेशमान सिंह स्मृति खुला राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

आइतबार ललितपुरको गोदावरी नगरपालिकास्थित चापागाउँको प्याङगाँउमा सम्पन्न प्रतियोगिताको ५५ केजीको स्वर्ण पदक विजेता लक्ष्मी महिलातर्फको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी हुन् । पुरुषतर्फको सर्वोत्कृष्ट खेलाडी सागरले ७० केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । लक्ष्मी र सागरले समान २५ हजार रुपियाँ प्राप्त गरे ।

ललितपुर जिल्ला खेलकुद विकास समिति र ललितपुर किक बक्सिङ संघको आयोजनामा ३ दिनसम्म चलेको प्रतियोगितामा समान ५ स्वर्ण र कास्य पदक जितेको आयोजक टोली टिम च्याम्पियन बन्यो । विजेता टिम र खेलाडीहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरेका छन् ।

३ स्वर्ण ५ रजत र ३ कास्य पदक जितेको एपिएफ क्लब दोस्रो भएको छ । समान २ स्वर्ण र कास्य पदक विजेता स्ट्रङ्गेस्ट टोली तेस्रो भएको छ ।

किक बक्सिङमा देशकै ठूलो धनराशीको रुपमा रहेको प्रतियोगिता हो । यस प्रतियोगिताका परिकल्पनकार बागमती प्रदेशका पूर्व युवा तथा खेलकुदमन्त्री एवम् बागमती प्रदेशसभाका सदस्य (सांसद) मीनकृष्ण महर्जन हुन् । महर्जन अन्तर्राष्ट्रिय गोल्डमेडलिस्ट पनि हुन् ।

प्रतियोगितामा यसपटक १८ टोलीको सहभागिता थियो । टिम च्याम्पियनले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपियाँ प्राप्त गरेको छ । हरेक तौल समूहको विजेताले ३०, दोस्रोले १५ र तेस्रो हुने दुई खेलाडीले ८ हजार रुपियाँ प्राप्त गरेको ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले बताए ।

मुख्य प्रायोजक बागमती प्रदेश खेलकुद विकास परिषद्, गोदावरी नगरपालिका चापागाउँ, ललितपुर रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, बागमती गाउँपालिका, कन्ज्योसोम गाउँपालिका, विनायक स्पोर्टस कम्प्लेक्स, युनाइटेड सिमेन्ट प्रा.लि.ले सहयोग गरेका थिए ।

ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा किक बक्सिङका पूर्व राष्ट्रिय च्याम्पियन विनोद महर्जन संयोजक रहेका थिए ।

पदक विजेता खेलाडी

महिलातर्फ

४५ केजी
स्वर्ण – रिना माझी (एपीपी)
रजत – सारु राई (धरान वुशु)
कास्य – आशा दुलाल (थेचो)
कास्य – सोनी ब्लोन लामा (वुशु साधना)

५० केजी
स्वर्ण – अस्मिता दोङ (टोखा)
रजत – खेमा भिव्ने ब्लोन (युवा वुशु)
कास्य – कविता मोक्तान (क्योकुशिन)
कास्य – निचा सुनुवार (एपीएफ)

५५ केजी
स्वर्ण – लक्ष्मी थिङ (आयोजक)
रजत – गन्नी घर्ती मगर (एपीएफ)
कास्य – अर्पणा तामाङ (आयोजक)
कास्य – जेनिशा लामा (भक्तपुर किकबक्सिङ)

६० केजी
स्वर्ण – सुमित्रा नगरकोटी (एपीएफ)
रजत – विद्या गुरुङ (एपीएफ)
कास्य – निशा थापा मगर (क्योकुशिन)
कास्य – अम्बिका तामाङ (आयोजक)

खुला तौल
स्वर्ण – सिजना रखाल मगर (आयोजक)
रजत – मनीषा रावत (एपीएफ)
कास्य – फुर्साङ तामाङ (आयोजक)
कास्य – मुना थापा मगर (स्ट्रङ्गेस्ट)

पुरुषतर्फ

५० केजी
स्वर्ण – दावा छिरिङ तामाङ (आयोजक)
रजत – निरोज नगरकोटी (एपीपी)
कास्य – मिलन राई (एपिएफ)
कास्य – संजीव राई (वारियर)

५५ केजी
स्वर्ण – सुमन याथा राई (एपीएफ)
रजत – राहुल चुनारा (कम्ब्याट फिटनेस)
कास्य – होम पहाडी (धरान क्लब)
कास्य – रूपक श्रेष्ठ (एपीएफ)

६० केजी
स्वर्ण – आशिष कोली (आयोजक)
रजत – अजय तामाङ (एपिएफ)
कास्य – प्रशान्त तामाङ (स्ट्रङ्गेस्ट)
कास्य – निश्चल तामाङ (युथ उसु)

६५ केजी
स्वर्ण – रोहित कायस्थ (स्ट्रङ्गेस्ट)
रजत – गौतम थिङ (लोप्सन फाइट क्लब)
कास्य – अब्राहम राई (आयोजक)
कास्य – राजेन्द्र भक्त मगर (भक्तपुर किकबक्सिङ)

७० केजी
स्वर्ण – सागर परियार (स्ट्रङ्गेस्ट फाइटर)
रजत – सन्तोष खत्री (इन्स)
कास्य – निशान तामाङ (डन फाइटर)
कास्य – अमितबहादुर तामाङ (महाबली)

खुला तौल
स्वर्ण – अनीष सेञ्चुरी (रेज फिटनेस)
रजत – अमित महर्जन (आयोजक)
कास्य – सुजन बलामी (फाइट क्लब)
कास्य – सुमन तामाङ (चापागाउँ)

Published : Monday, 2026 January 12, 1:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया