अबैध विशेष महाधिवेशनबाट नेतृत्व चयन वा कांग्रेस विभाजन भएमा त्यसले वैधता पाउँछ ?
नेपाली कांग्रेसको विशेष महाधिवेशनबारे नेतृत्व चयन भएमा त्यसले कानूनी वैधता पाउँछ/पाउँदैन त्यसको संवैधानिक र कानूनी व्यवस्था के छ ?
१. नेपाली कांग्रेसको विधान २०१७ (संसोधन सहित) को धारा १७(२) को प्रतिकूल हुने गरी मिति २०८१/०८/१५ को केन्द्रीय कार्यसमितिको निर्णय विपरित महामन्त्रीज्यूले निर्णय गरी बोलाइनको अधिवेशन विधान को १६(२), २६(२) २७(२) र ३(१२) विपरित हुँदाका अतिरिक्त धारण
७१ के विपरित छ ।
२. विशेष महाधिवेशन प्रतिनिधिहरू को भेलाले नेतृत्व परिवर्तन गरेमा त्यसले मान्यता पाउँछ वा पाउँदैन ?
विशेष महाधिवेशनबाट चयन/निर्वाचित पदाधिकारीहरू विधानसम्मत हुनका लागि विधानको धारा २६ बमोजिम सभापति वा अन्य केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूको पद रिक्त भएको अवस्था हुनुपर्दछ । हालसम्म कुनै पद रिक्त भएको अवस्था नभई उपसभापतिलाई कार्यवहाक सभापति भई कार्यभार सम्हालिरहेको अवस्था छ ।
३– जवरजस्त रुपमा नेतृत्व परिवर्तन गरेमा के हुन्छ ?
नेपाली कांग्रेसको साविक विधान जसबाट महाधिवेशन सम्पन्न भई ४ वर्षे कार्यकाल र विधान बमोजिम थप गरिएको अवधिलाई विशेष विशेष महाधिवेशनबाट विस्थापित हुन सक्दैन । तोकिएको नियमित अधिवेशनले मात्र विद्यान, नियमावली संशोधन र परिमार्जित गर्न सक्दछ । हाल विशेष महाधिवेशनमा प्रतिनिधिहरूको जतिसकै प्रतिशतको संख्या उपस्थित भए, रहेमा पनि हाल विद्यमान रहेको विधान र नियमावली खारेज गर्न सक्दैन ।
४– नेतृत्व परिवर्तन गरी विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूले निर्वाचन आयोगमा नेपाली कांग्रेसको दलको नाम, झण्डा र पदाधिकारीले मान्यता पाउँछ वा पाउँदैन ?
पाउँदैन । नेपालको संविधान को धारा २६९ को प्रक्रिया पूरा गरी अनवरत रूपमा नेपाली कांग्रेस पार्टी अध्यावधी भइरहेको अवस्था छभने अर्कोतर्फ नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको अवस्था छ ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४३ बमोजिम विवाद भएमा केन्द्रीय कार्यसमितिको पदाधिकारी र सदस्यहरूमध्ये जुन पक्षसँग त्यसको बहुमत छ सोही पक्षले दलवीच विवाद आउनुभन्दा अघिको दलको हैसियतले मान्यता प्राप्त गर्ने व्यवस्था दफा ४४ मा छ ।
यस सम्बन्धी विवादको निरुपण गर्नका लागि राजनीतिक दल सम्बन्धी एन २०७३ को दफा ४३, ४४, ४५ र ४६ बाट समेत विशेष महाधिवेशनलाई संविधान, मौजुदा ऐन र नियमावलीले नचिन्ने भएकोले राजनैतिक दलको मान्यता झण्डा र चिन्ह विशेष अधिवेशनबाट प्राप्त नेतृत्वले प्राप्त गर्न सक्ने अवस्था छैन ।




बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया