गगन–विश्वबाट फैलाइएको भ्रमपूर्ण सूचनाको खण्डन, अबैधानिक विशेष महाधिवेशनमा सभापति नजाने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा आह्वान गरिएको अबैधानिक विशेष महाधिवेशन (भेला)मा सहभागी हुन जाने भन्ने समाचारहरू भ्रमपूर्ण रहेको खुलेको छ ।

आइतबार साँझ सभपाति देउवाको निजी सचिवालयले सभापति देउवा कुनै पनि भेला वा पार्टी विधानले नचिनेका गतिविधिमा संलग्न हुने कार्यक्रम नरहेको बताएको छ । निजी सचिवालयले भनेको छ, ‘पार्टी विधानले नचिन्ने विशेष महाधिवेशन होस् वा भेला, सभापतिज्यू गएर सम्बोधन गर्ने या सहभागिता जनाउने कुनै कार्यक्रम छैन ।’

महामन्त्रीद्वय थापा र शर्माले सभापति देउवा विशेष महाधिवेशनको बन्दसत्रमा आएर सहभागिता जनाउने भनेर भ्रामक समाचार र सूचनाहरू प्रकाशित गरेका छन् ।

विशेष महाधिवेशनको नाममा महामन्त्रीद्वय थापा र शर्माले काठमाडौंको भृकुटीमण्डपमा आइताबर अबैधानिक भेला गरेका छन् । त्यो विशेष महाधिवेशनलाई कांग्रेसको विधानले चिन्दैन ।

Published : Sunday, 2026 January 11, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया