महाधिवेशन अपरिहार्य छ, विशेष होइन नियमित गर्नुपर्छ : महधिवेशन प्रतिनिधि गुरुङ
काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य एवम् नेपाली कांग्रेसका महाविधेशन प्रतिनिधि दिनेशबहादुर गुरुङले पुराना प्रतिनिधिबाट नयाँ परिवर्तन हुन नसक्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत कांग्रेसका युवा नेता गुरुङले भने, ‘नवीन रुपान्तरण टुप्पोबाट होइन, जरैबाट आवश्यक छ । हाम्रो रुखको सानो ईकाइ भनेको नै वडा हो, वडाबाट नै नयाँ उर्जा र परिवर्तनको क्रान्ति आवश्यक छ ।
‘त्यसका लागि नियमित महाधिवेशन नै आजको अपरिहार्य आवश्यकता हो,’ नेता गुरुङले भने, ‘पुरानै महाधिवेशन प्रतिनिधिबाट नयाँ क्रान्तिको आशा राख्न सकिन्न ।’
उनले भने, ‘नेपाली कांग्रेसको आगामी नियमित १५औं महाधिवेशन सफलता पूर्वक सम्पन्न गरौं । पार्टीलाई सहमति, सहकार्य र एकताको मार्गबाट बलियो कांग्रेस निर्माणमा लागौं ।’
‘सभापति अस्पतालमा जीवन, मरणसँग जुधीरहेको अवस्थामा शीध्र स्वास्थ्य लाभको कामनासम्म नगरी चोर बाटोबाट महाधिवेशन प्रतिनिधिहरूलाई भ्रमित पारेर हस्ताक्षर संकलन गर्नु र पार्टी नियमित अधिवेशनमा प्रवेश गरेको अवस्थामा विशेष अधिवेशन कुनै उन्मुख शक्ति, समूहको कुण्ठा र सनकको आधारमा अगाडि बढ्नु प्रतिगामी र अलोकतान्त्रिक कदम हो ।’
‘यसले जेनजी पुस्ता र ताजा जनादेश भएका महाधिवेशन प्रतिनिधिहरूको सहभागिता बंदेज गरेको छ,’ गुरुङले भने, ‘नेपाली कांग्रेसका तल्लो तहका समितिहरूको नयाँ नेतृत्व चयनको प्रकृया पनि रोकेको छ ।’
‘राजनीति पदका लागि होइन, जनताको पीडाका लागि हो । संघर्षले दिएको घाउ अब सफलताले निको पार्नेछ,’ नेता गुरुङले भने, ‘महाधिवेशन गर्नुपर्छ, अपरिहार्य नै छ अनि स्वीकार्य पनि तर, विशेष होइन नियमित ।’
नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८–३१ गते गर्ने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकमा पेस गरेको कार्यतालिकामा २०८३ साल वैशाख २८–३१ मा काठमाडौंमा प्रस्ताव गरिएको नेता गुरुङले बताए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया