कांग्रेस नेता दाहालको निधनपछि तरुण, विद्यार्थी र महिलाहरूको बृहत भेला स्थगित

काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ एवम् शुभेच्छुक संस्थाहरूले संयुक्त रुपमा गर्न लागेको तरुण, विद्यार्थी र महिलाहरूको बृहत भेला स्थगित भएको छ ।

नेपाल तरुण दलको संयोजनमा पुस २७ गते आइतबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बृहत भेला हुन लागेको थियो । भेला अर्को सूचनापछि गरिनेछ ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधन भएका कारण केन्द्रीय कार्यालय, सानेपा बन्द हुने भएको हुँदा बृहत भेला स्थगित गरिएको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ । दाहालको निधनमा शोक मनाउन कांग्रेसले केन्द्रीय कार्यसमितिबाट निर्णय गरेर पार्टी कार्यालय बन्द राख्नेदेखि विभिन्न कार्यक्रमहरू गर्ने निर्णय गरेको छ ।

‘स्व.होमनाथ दाहालको निधन भएको दुखद् घडीमा पूर्वनिर्धारित मिति २०८२ पुस २७ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा सम्पूर्ण भ्रातृ एवम् शुभेच्छुक संस्थाहरूद्वारा संयुक्त रुपमा आयोजना गरिएको नेपाली कांग्रेसको १५औं महाधिवेशन एवम् आम निर्वाचन केन्द्रित बुहत तरुण, विद्यार्थी एवम् महिला भेला स्थगन गरिएको जानकारी गराउँदछौं,’ नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले भने ।

Published : Saturday, 2026 January 10, 10:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया