रसुवा कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधि गगन–विश्वको अबैधानिक विशेष महाधिवेशनको विपक्षमा

काठमाडौं । नेपाली कांग्रेस, रसुवाका बहुमत महाधिवेशन प्रतिनिधिहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पार्टी विभाजन गर्न आह्वान गरिएको विशेष महाधिवेशनलाई अस्वीकार गरिदिएका छन् ।

शनिबार ११ जना महाधिवेशन प्रतिनिधिहरूले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर आफूहरू महामन्त्रीद्वय थापा र शर्माको विशेष महाधिवेशनको पक्षमा नरहेको जनाएका छन् । उनीहरूले नियमित महाधिवेशन र फागुन २१ गतेको निर्वाचनमा केन्द्रित हुन अपील गरेका छन् ।

संयुक्त वक्तव्य जारी गर्ने महाधिवेशन प्रतिनिधिहरूमा लामाकार्पु तामाङ, उपेन्द्र लम्साल, राजु तितुङ, केदारप्रसाद देवकोटा, मंगल तामाङ, सरला देवकोटा रहेका छन् ।

त्यसैगरी, शशि अधिकारी, लालुमाया घले, सुनितामाया गुरुङ, निर्मला श्रेष्ठ र सीता तामाङले संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका छन् ।

Published : Saturday, 2026 January 10, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया