रविलाई गाली गर्दै आएका गगन–विश्वको कीर्तेको शक्तिशाली नमूना, सूचीमा कांग्रेस छाडेकाहरूको पनि हस्ताक्षर
काठमाडौं । नेपाली कांग्रेस विभाजन गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले विशेष महाविधेशनका लागि भनेर गराएको हस्ताक्षरमा पार्टी छाडेर गएका अन्य पार्टीका नेताहरूको नाममा समेत हस्ताक्षर गरेको खुलेको छ ।
नेपाली कांग्रेस, बाराका कार्यबाहक सभापति अम्बिकाप्रसाद यादवले पार्टी छाडेर अन्य पार्टीमा प्रवेश गरेका महाधिवेशन प्रतिनिधि शरदचन्द्र भट्टराई र वीरेन्द्रप्रसाद यादवको नाममा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर भएको देखिएको भन्दै नाम र हस्ताक्षर हटाउन माग गरेका छन् ।
शुक्रबार कार्यबाहक सभापति यादवले प्रेस विज्ञप्ति जारी गरेर विशेष महाधिवेशनको लागि बुझाइएको हस्ताक्षरमा नाम र तिनको हस्ताक्षर समेत रहेको जानकारीमा आएको भन्दै ती व्यक्तिहरू कांग्रेसको महाधिवेशन प्रतिनिधि पदमा नरहेको जनाएका छन् ।
महाधिवेशन प्रतिनिधि शरदचन्द्र भट्टराईले कांग्रेस छाडेर रा.स.पा. पार्टीमा प्रवेश गरेका छन् । अर्का महाविधेशन प्रतिनिधि वीरेन्द्रप्रसाद यादवले पनि कांग्रेस छाडेर स्वतन्त्रबाट प्रदेश सभा सदस्यको उम्मेदवारी दिएका थिए । उनीहरू दुबै जना पार्टी छाडेका र महाधिवेशन प्रतिनिधि नरहेको अवस्थामा भट्टराई र यादवको नाममा कीर्ते हस्ताक्षर गरेर महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनका लागि भनेर केन्द्रीय कार्यालयमा बुझाएका छन् ।
विशेष महाधिवेशनका लागि भनेर हस्ताक्षर भएकाहरूको नाममा अधिकांशमा कीर्ते हस्ताक्षर भएका छन् । बारा कांग्रेसमा देखिएको यो त नमूना मात्रै हो ।
सुनसरी कांग्रेसमा पनि निधनका महाधिवेशन प्रतिनिधिको स्थानमा अर्कैलाई मनोनीत गरेर कीर्ते हस्ताक्षर गरिएको छ । महाधिवेशन छाडेको वा मृत्यु भएपछि जिल्ला सभापतिले अर्को व्यक्ति मनोनीत गरेर महाधिवेशन प्रतिनिधि बनाउन पाउँदैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठग, कीर्ते, संगठित अपराधमा संलग्न रहेको र आफूसँग प्रमाण छ भनेर अभिव्यक्ति दिँदै आएका महामन्त्री थापा आफैले विशेष महाधिवेशनका नाममा कांग्रेस छाडेकाहरूको नाममा कीर्ते हस्ताक्षर गराएर बुझाएपछि प्रश्न उठेको छ ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया