कांग्रेस फुटाउन गगनले विवादित झाक्रीसँग भेटेर साइत जुराए, लिए सभापति बन्ने आशीर्वाद
काठमाडौं । नेपाल तान्त्रिक झाक्री संघका अध्यक्ष समेत रहेका आफूलाई झाक्री दाबी गर्ने विवादित व्यक्ति प्रकाश भुजेलले महामन्त्री गगन थापालाई विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति बन्न आशीर्वाद दिएका छन् ।
शनिबार काठमाडौंमा महामन्त्री थापाले झाक्री दाबी गर्ने भुजेलसँग भेट गरेर आफ्नो ग्रहदशा हेरेका छन् । आफूलाई डाक्टर दाबी गर्ने भुजेलले भनेका छन्, ‘नेपाली कांग्रेसका पार्टीका महामन्त्री आदरणीय दाजु गगन थापा जसले जे भनेपनि म उहाँलाई राम्रोसँग चिन्दछु ।’
‘विशेष महाधिवेशनबाट युवाहरूले खोजेको युवाहरूको रोजाइमा परेको हुनाले मलाई पनि लाग्छ उहाँ जतिको व्यक्तित्वलाई पार्टी सभापति बन्नैपर्छ अबको महाधिवेशनबाट युवाको रोजाइमा पक्कै पर्नुहुन्छ राजनीतिक जिन्दगीमा धेरै संघर्ष गर्नुभएको छ ।’
‘स्वास्थ्यमन्त्री हुँदाखेरि उहाँले विगतमा धेरै राम्रो काम गरेको उदाहरणहरू छन्,’ भुजेलले भने, भुजेलले भने, ‘अबको सभापति मैले देखेको कांग्रेस बाँच्नको लागि गगन थापा नै हुनुपर्छ ।’
महामन्त्री थापाले कांग्रेसको विधान विपरीत विशेष महाधिवेशनको नामबाट अबैधानिक भेला राखेका छन् । भेलाको केही घण्टा अगाडि थापाले झाक्रीसँग भेट गरेर कांग्रेस विभाजन गरेर सभापति बन्ने साइत हेर्दै आशीर्वाद लिएका छन् ।
महमन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले पुसको २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजनको गतिविधि गर्न लागेका छन् ।


बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया