सुरक्षा निकायबीच समन्वय गरी निर्वाचन शान्तिपूर्ण र विश्वसनीय बनाउँछौं : एआईजी मगर

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले तीनवटै सुरक्षा निकाय एकीकृत सुरक्षा योजनाको कार्यान्वयनमा सक्रिय रहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको समितिको बैठकमा एआईजी मगरले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गरिने बताए । उनले निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीले एक लाख ३४ हजार र सशस्त्र प्रहरीले १५ हजार निर्वाचन प्रहरी थप गर्ने प्रक्रिया सुरू गरिसकेको जानकारी दिएका छन् ।

सुरक्षा निकायका प्रतिनिधिहरूले आपसी समन्वय, अतिरिक्त जनशक्ति र लक्षित सुरक्षा रणनीतिमार्फत निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय रूपमा सम्पन्न गराउने प्रतिबद्धता एआईजी मगरले बताए ।

Published : Saturday, 2026 January 10, 4:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया