विशेष महाधिवेशन वैधानिक र व्यवहारिक दुवै हिसाबले उचित छैन : प्रवक्ता डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन कुनै पनि कोणबाट वैधानिक नभएको बताएका छन् ।
शनिबार पार्टी कार्यालय, सानेपामा पत्रकारहरूसँग कुरा गर्दै डा.महतले संशोधित कार्यतालिका सबैले मान्नुपर्ने बताए । उनले पदाधिकारीहरू स्वयंले पनि पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्ने अवस्था रहेको बताए ।
डा.महतले भने, ‘संशोधित कार्यतालिका सबैले मान्नुपर्छ । पदाधिकारी साथीहरूले त झन् निर्णय कार्यान्वयन गर्न लाग्नुपर्छ ।’
‘यस्तो अवस्थामा विशेष महाधिवेशन वैधानिक र व्यवहारिक दुवै हिसाबले उचित छैन,’ कांग्रेस प्रवक्ता डा.महतले भने ।
डा.महतले विशेष महाधिवेशन रोकेर पार्टीलाई एकताबद्ध बनाउँदै आगामी चुनावमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
विभाजनभन्दा पनि नीतिगत प्रस्तावहरू केन्द्रीय समितिबाट पारित गर्दै अघि बढ्नु नै पार्टीको हितमा हुने उनले बताए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया