दाङ–२ कांग्रेस फागुन २१ को निर्वाचन र नियमित महाधिवेशनको पक्षमा केन्द्रित रहने

घोराही । नेपाली कांग्रेस, दाङ क्षेत्र नं. २ ले १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा महाधिवेशन र फागुन २१ को निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ ।

शुक्रबार घोराहीमा क्षेत्रीय सभापति भीमप्रकाश खड्काको सभापतित्वमा बसेको संयुक्त बैठकले नियमित महाधिवेशन र निर्वाचन केन्द्रित गतिविधि गर्ने सहमति गरेको हो । लुम्बिनी प्रदेश कांग्रेसका उपसभापति एवम् पूर्वमन्त्री राजु खनाल, लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा यातायातमन्त्री एवम् लुम्बिनी कांग्रेसका प्रवक्ता प्रचण्डविक्रम न्यौपाने, प्रदेश सांसद लोकाकुमारी विक,महाधिवेशन प्रतिनिधिहरू लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

बैठकले विशेष महाधिवेशनका नाममा भइरहेको गतिविधि र भेलाहरूले कांग्रेसलाई कमजोर बनाउने र विभाजनतिर लैजाने भन्दै संयमित हुन अपील गरिएको लुम्बिनी कांग्रेसका उपसभापति राजु खनालले बताए । उनले नियमित महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नरहेको बताए ।

Published : Friday, 2026 January 9, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया