घोटालमा मुछिएका सुवासको जिल्लाका दिग्गज नेताहरूद्वारा कांग्रेस बचाउन हस्ताक्षर फिर्ता
काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अबैधानिक विशेष महाधिवेशनको पक्षमा चर्को स्वरमा बोल्दै आएका सुवास पोखरेलको गृहजिल्ला खोटाङका दुई दिग्गज नेताहरूले विशेष महाविधेशनको औचित्य नरहेको बताउँदै हस्ताक्षर फिर्ता लिएका छन् ।
शुक्रबार हस्ताक्षर फिर्ता लिनेमा संविधानसभा सदस्य समेत रहेकी माहधिवेशन प्रतिनिधि हिरा गुरुङ र पूर्वजिल्ला सभापति समेत रहेका महाधिवेशन प्रतिनिधि नरेशकुमार श्रेष्ठ रहेका छन् ।
गुरुङ र श्रेष्ठले १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा विशेष महाधिवेशनको आवश्यक्ता नरेको भन्दै फागुन २१ को निर्वाचन र वैशाखमा हुने महाधिवेशनमा केन्द्रित हुन आफ्नो हस्ताक्षर फिर्ता लिएको जनाएका छन् ।
महामन्त्रीद्वय थापा र शर्माको अबैधानिक विशेष महाधिवेशनको पक्षमा अभिव्यक्ति दिएर अभियान चलाउँदै आएका सुवास पोखरेल बालमन्दिरको सरकारी जग्गा भ्रष्टाचार काण्डमा मुछिएका व्यक्ति हुन् ।
बालमन्दिरको जग्गा काण्डमा पक्राउ पुर्जी जारी भएपछि पोखरेल फरार भएका थिए । पछि अदालतमा उपस्थित भएर धरौटीमा रिहाइ भइ मुद्दा खेप्दै आएका छन् ।


बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया