कांग्रेस फुटाउन गगन–विश्वलाई साथ दिने बाँके सभापति र केन्द्रीय सदस्यविरुद्ध उभिए उपसभापति र सचिव
काठमाडौं । नेपाली कांग्रेस, बाँकेका उपसभापति कृष्णबहादुर कार्की र सचिव सञ्जुकुमारी चौधरीले पार्टीको १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा भ्रम सिर्जना गर्ने गरी भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
शुक्रबार उपसभापति कार्की र सचिव चौधरीले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर जिल्ला सभापति नारायणप्रसाद गौडेल र केन्द्रीय सदस्य मैकुलाल बालमिकिद्वारा हस्ताक्षरित विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
उनीहरूले भने, ‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेका सभापति श्री नारायणप्रसाद गौडेल र केन्द्रीय सदस्य श्री मैकुलाल बालमिकिद्वारा हस्ताक्षर गरि मिति २०८२७०९÷२४ मा जारी विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘नेपाली कांग्रेस केन्द्रीय कार्यालयद्वारा मिति २०८२÷०९÷१८ गते नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको निर्णयलाई उद्धृत गर्दै मिति २०८३ वैशाख २८,२९,३० र ३१ गते काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तालिका प्रकाशित भइसकेको अवस्थामा नेपाली कांग्रेस जिल्ला कार्यालयको नाममा सभापतिको नामबाट जिल्ला कार्यसमितिको बैठक तथा पदाधिकारीसँग छलफल बिना नै एकल ढंगबाट अवैधानिक तवरले जारी विज्ञप्तिप्रति घोर आपत्ति प्रकट गदै उक्त विज्ञप्तिप्रति भ्रममा नपर्न सम्पूर्ण महासमिति, महाधिवेशन, जिल्ला कार्य समिति, विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थालाई दिग्भ्रमित नहुनका निमित्त नेपाली कांग्रेसप्रति आस्थावान सम्पूर्णमा, केन्द्रीय कार्य सम्पादन समितिबाट निर्णय भए बमोजिम हुने नियमित महाधिवेशनलाई सफल पार्न कियाशील भई, विशेष महाधिवेशनका नाममा हुने कुनै पनि कार्यक्रममा सहभागीता नजनाउन र २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा समेत सक्रियतापूर्वक सरिक भई नेपाली
कांग्रेस पार्टीका सम्पूर्ण उम्मेदवारलाई विजयी गराउन अनुरोध गर्दछौं,’ उपसभापति कार्की र सचिव चौधरीद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।
बाँके कांग्रेसका सभापति गौडेल र केन्द्रीय सदस्य बालमिकिले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको कांग्रेस विभाजन गर्ने अबैधानिक विशेष महाधिवेशनको समर्थनमा प्रेस विज्ञप्ति जारी गरेपछि उपसभापति कार्की र सचिव चौधरीद्वारा विरोध भएको छ ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया